काठमाडौ ३० साउन ।
विशालु च्याउ खाँदा रुकुममा एक जनाको मृत्यु भएको छ भने थप चार जना बिरामी परेका छन् ।
जंगलबाट ल्याएको विशालु च्याउँ खाँदा कोटजाहारी गाविस ८ का ४८ वर्षीया चैती नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौहरजाहारीले जनाएको छ ।
हिजो साँझ घर नजिकैको जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि बिरामी परेका नेपालीलाई आज बिहान उपचारका लागि स्थानीय अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
च्याउँ खाएर नेपालीकै ३ छोरा र १ छोरी गम्भिर बिरामी परेका छन् । विरामी चारै जनाको चौहरजाहारी अस्पतालमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline