काठमाडौ ३० साउन ।
गत वैशाख १२ को विनाशकारी भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा सरकारले आजबाट दादुरा–रुबेला बिरुद्धको खोप अभियान सुरु गरेको छ ।
भूकम्पका कारण स्थगित भएको अभियान आजदेखि पुनः संचालन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
दादुरासँगै खतराको रुपमा देखा परेको रुबेलाको रोकथामका लागि दादुरा–रुबेला खोप अभियान सन्चालन गरिएको महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले जानकारी दिनुभयो ।
खोप दिन छुटेपछि पुनः विरामीको संख्य बढेकाले अभियान चलाउन लागिएको मरासिनीको भनाई छ ।
पहिलो चरणमा आज भोली र पर्सी गरी तीन दिन खमेप अभियान सन्चालन हुनेछ । यसैगरी दोस्रो चरणमा भदौ १४ देखि १९ गतेसम्म खोप सेवा सञ्चालन गरिने महाशाखाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline