डलरको मूल्य आकासिदै,नेपालमा चौतर्फी प्रभाव

डलरको मूल्य आकासिदै,नेपालमा चौतर्फी प्रभाव

  • शनिबार, साउन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौ ,३० साउन ।

चिनियाा मुद्रा यु्आन कमजोर बनेको र नीति बलियो बन्दै गएका कारण अमेरिकी डलरको विनिमय दर पछिल्लो दिनमा आकासिएको छ ।

नेपाल राष्ट बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुगानाले अमेरिकी डलरको विनिमय दल पछिल्ला दिनमा बढ्दो टेन्डमा रहेको र यो क्रम अझै जारी रहन सक्ने बताउनु भयो ।

डलर मजबुद बन्दै जादा कमजोर आर्थिक अवस्था भएका सकारात्मक र नकारात्मक दुबै प्रकारका प्रभाव पर्ने उहाले बताउनु भयो ।

राष्टबैंकको विदेशी विनिमय व्यावस्थापन बिभागका अनुसार शुक्रवार सम्म अमेरिकी डलरको बिक्रि दर १ सय ४ रुपैया ५० पैसा पुगेको छ । बैंकले सोहि दिनका लागी खरिद दर भने १ सय ३ रुपैया ९० पैसा तोकेको छ ।

डलर महागो हुादा नेपालमा भने चौतर्फी रुपमा प्रभाव पर्छ । यसले खासगरी (प्रतितपत्र) मार्फत बिदेशी मुद्रामा कारोबार गरिने टेडमा नकारात्मक असर पर्छ ।
सोहि प्रभावले भारत र चीनबाहेक तेस्रो मुलुकबाट आयात गरिने सामानको मुल्य बढ्छ । विदेशमा बसेर काम गर्नेले कमाएर पठाउने पैसा (रेमिट्यान्स) आयमा भने यसले सकारात्मक प्रभाव पार्ने कार्यकारी निर्देशक ढुगानाले बताउनु भयो ।

चीनियाा युआनको मुल्य घटेकाले अहिले चीनबाट ल्याईने सामानको मुल्य भने कम पर्ने उहाले बताउनु भयो ।

डलरको मूल्य बढ्दा सबैभन्दा बढी मार सरकारी स्वामित्वमा रहेका नेपाल आयल निगम र डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) भएका जलविद्युत आयोजनाको रकम भुक्तानीमा पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी