धनगढी, २९ साउन ।
साउन २२ गतेदेखि जारी थरुहट पक्षधरहरुको आमहड्ताल शुक्रबार पनि कायमै रहेयो ।
कैलाली–कञ्चनपुरसहित थारु बाहुल्य जिल्लालाई थरुहट प्रदेश बनाउनु पर्ने माग राख्दै आह्वान गरेको आमहड्तालन कायमै रहेको हो ।
आन्दोलनकारीहरु शुक्रबार धनगढीको क्यामपस चौक हुदै पार्क मोडसम्म विरोध प्रदर्शन गरेका थिए । प्रहरी प्रशासन पार्क मोडमा पश्चिम जान निषेध पछि आन्दोलनकारीहरु पार्क मोडमै कोण सभा गर्न बाध्य भएका थिए ।
कोण सभालाई सम्बोधन गर्दै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारू नेपालमा सदियौंदेखि जातिय शासन हुदै आएको दावी गरे । उनले भने,–‘वि.स. २०१७ सालदेखि ०४६ सालसम्म क्षेत्रीहरुले एकलौटी शासन सत्ता चलाए ? ०४६ सालदेखि आजसम्म बाहुनवादीहरुले शासन चलाउदै छन् ? तर अब थारुहरुले कैलाली–कञ्चनपुर जिल्लाहाई थरुहट प्रदेश बनाउने माग राखे पछि जातियताको बिल्ला भिरैउने भ्रम फैलाउने ?’ यो महाँसम्मको न्यायोचित हो भन्दै चार दललाई औला तेर्साए ।
साथै उनले पुस्तौ–पुस्तादेखि दास जीवन विताउन बाध्य भएका थारू समुदाय अब कदापी पनि महेन्द्रकालीन शासन सत्ता नस्वीकार्ने बताउदै थरुहट प्रदेश बनाएर छोर्ने ठोकुवा गरे ।
केन्द्रीय सदस्य थारू काँग्रस–एमालेसहित एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भष्टचारीको आरोप लगाउदै थारुहरु राज्यको पहुँच र साधन स्रोतदेखि सदैव वञ्चित रहेको बताए । ६ प्रदेशको सिमांकनमा अफ्नो पार्टी अध्यक्ष विजय कुमार गच्छदार पनि सहमति जनाउदै हस्ताक्षर गरे पनि आफूलाई मान्य नहुने बताए ।
त्यस्तै एनेकपा माओवादीको केन्द्रीय सदस्य तथा पूर्व सभासद वीरमान चौधरी नामांकन ओ सिमांकनमा उत्पीडित जनतको माग सुनुवाई नभए सम्म आन्दोलन गर्ने चेतावनी दिए । ‘अब सुतेका बाघलाई नचलाउनु, हामी निरन्तर संघर्षम छौ, यदि ६ प्रदेशसहितके सहमति नसच्या अब सत्ता ढाल्ने आन्दोलन गर्न बाध्य हुने बताउदै चाहे रक्तपातको सिर्जना किना नहोस’ उनले आक्रोस व्यक्त गरे ।
यसैबीच थरुहट पक्षधरहरु कैलालीको अत्तरिया नगरपालिकाको स्याउले, टीकापुर, लम्की, बौनिया, चौमाला, भजनीलगायत विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका थिए ।
यसैबीच ,अखण्ड सुदूरपश्चिम पक्षधरहरुले आफ्नो माग पुरा भएको भन्दै आन्दोलन फिर्ता लिए पनि बुधबारबाट खबरदारी सहित थरुहटको आन्दोलनमा अवरोध पुर्याउन खोजेपछि स्थानीय प्रशासनले दुईटै पक्षको आन्दोलन गर्ने ठाउँ तोकी बीचमा काँडेतारले छेकबार लगाउन थालेको हो ।
आफ्ना माग सहित आन्दोलनमा उत्रेका अखण्ड सुदूरपश्चिम तथा थरुहट बीच धनगढीमा मुडभेड हुने सम्भावना बढेपछि दुईटै पक्षको बिरोध जुलुस प्रदर्शन गर्ने ठाउँ छुट्याई दुईटैको बीचमा सुरक्षाकर्मी सहित काँडेतारले छेकबार लगाउने गरेको कैलाली प्रहरी प्रबक्ता डीएसपी बिश्वराज खड्काले बताए ।
प्रबक्ता खड्का अनुसार थरुहट पक्षधरहरुलाई क्याम्पस चोकदेखि पार्कमोडसम्म जुलुस र्यालीका लागि छुट्याएको छ भने अखण्ड सुदूरपश्चिम पक्षधरहरुलाई ट्राफिक चोक चौराहदेखि एलएन चोकसम्म जुलुस र्यालीका लागि छुट्याएको छ ।
यतिबेला दुबै पक्ष आ आफ्ना माग सहित आन्दोलनरत हुनुका साथै आक्रोशित पनि छन् । जुलुस र्यालीका क्रममा कुनै झडप हुन नपाओस् भनेर एलएन चोकीदेखि पार्कमोडसम्मको झण्डै २ सय मिटरको दूरी खाली गरी तारबारको छेकबार सहित कडा सुरक्षा ब्यवस्था मिलाएको प्रबक्ता खड्काले जानकारी दिए ।


