काठमाण्डौ ,२९ साउन ।
नेशनल माउन्टेन एसोसिएसनका अध्यक्ष आङछिरिङ शेर्पाले वैशाख १२ गतेको विनाशकरी भुकम्पका कारण पर्यटन क्षेत्रमा ८१ अर्ब २४ करोड बराबरको क्षती भएको बताउनु भयो ।
उच्च हिमाली तथा पहाडि क्षेत्र कामदार सहयोग संघको आयोजनामा नेपाल पर्यटन बोर्डमा सन्चालीत कार्यक्रम बोल्दै अध्यक्ष शेर्पाले भुकम्पका कारण पर्यटकीय क्षेत्र र पूर्वाधारमा क्षति पुगेकाले अहिले पर्यटकको सङख्या पनि कम भएको बताउनु भयो ।
उहाले पुन बिदेशी पर्यटकको सङख्या बढाउन अहिले अब्यववस्थीत बनेका र भत्किएका संरचनाको तत्काल पुनः निर्माण गरी नेपाल बिदेशी पर्यटकका लागी सुरक्षीत छ भन्ने बुझाउन आवश्यक रहेको बताउनु भयो ।
उहाले नेपाल आउन चाहेर पनि असुरक्षाका कारणले भ्रमण रद्ध गर्नेहरुको सोचमा परीवर्तन गर्न सरकार र पर्यटन क्षेत्रमा रहेका सबैले हातेमालो गरी नयाँ योजना र सोचका साथ अघि बढ्नु पर्ने धारणा राख्नु भयो ।
पर्वतारोहिहरुका लागी ५ प्रतशत कल्याणकारी कोषबाट छुट्याउन आवश्यक रहेको भन्दै शेर्पाले यसले पर्वतारोहण पनि ब्यवस्थीत हुने र सङख्या पनि बढ्ने बताउनु भयो । अहिलेको अर्को चुनौती छिमेकी मुलुकहरु भएको उहाले औल्याउनु भयो ।
कार्यक्रममा एच आर आईका अध्यक्ष डिबी कोईरालाले भुकम्प पछि जति पनि नेपालका हिमाली क्षेत्रमा गन्तब्य यात्रा गर्न सक्ने स्थानहरु छन् तीनलाई अहिले खुल्ला गरेपनी पर्यटक पठाउन सक्के अवस्था नरहेको बताउनु भयो । उहाले अति प्रभावित रहेको १४ वटा जील्लामा रहेका भुकम्प पीडितलाई सहयोग गर्न पनि आग्रह गर्नु भयो ।
यस्तै , एक्सपेन्सन नेपालका अध्यक्ष डम्बर नेपालले बिदेशीबाट पर्यटन क्षेत्रको विकासका लागी र भुकम्पबाट क्षती पुगेको संरचना पुन ः निर्माणका लागी सहयोग जुटाउन पर्ने बताउनु भयो । उनीहरुलाई राहत बाढ्नमा प्रेरीत गर्नु भन्दा पर्यटन विकासका लागी काम गर्ने वातावरण बनाउनु पर्ने धारणा राख्नुभयो ।
उहाले बिदेशमा बस्ने नेपालीहरुलाई पनि नेपालको पर्यटनको प्रचारप्रसार गरी सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा बिभिन्न पर्यटन क्षेत्रसँग जोडिएका सरोकारवालाहरुले राज्य पक्षमा रहेका निती निर्माताहरु र पर्यटन व्यावसायी मिलेर काम गर्नु पर्ने औल्याएका थिए ।
