काठमाडौ २९ साउन ।
चिमाल लघु जलविद्युत आयोजनाको कुलो पहिरोले बगाएपछि ताप्लेजुङ सदरमुकाममा आज बिहानबाट विद्युत सेवा आपूर्ति ठप्प भएको छ ।
रातभरिको वर्षा पछि विहान करीव ६ बजे खसेको पहिरोले जलविद्युत आयोजनाको कुलो बगाएपछि विद्युत आपूर्ति सेवा बन्द भएको ताप्लेजुङ विद्युत उपभोक्ता संस्थाका प्राविधिक सुर्य प्रकास लिम्बुले जानकारी दिनुभयो ।
बगाएको कुलो मर्मत गर्न आज दिनभर लाग्ने सम्भावना रहेको लिम्बुको भनाइ छ । विद्युत गृहको मेसीनमा खराबी आएर करीब दुई साता पछि सुचारु भएको विद्युत सेवा पुनः कुलो पुरेपछि ताप्लेजुङ सदरमुकामबासी मर्कामा परेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline