भोलिदेखि पुनः दादुरा–रुबेला बिरुद्धको खोप अभियान संचालन हुदै

भोलिदेखि पुनः दादुरा–रुबेला बिरुद्धको खोप अभियान संचालन हुदै

  • शुक्रबार, साउन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ, २९ साउन ।

गत वैशाख १२ को विनाशकारी भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा सरकारले भोलिदेखि दादुरा–रुबेला बिरुद्धको खोप अभियान संचालन गर्दैछ ।

भूकम्पमा कारण स्थगित भएको अभियान भोलिदेखि पुनः संचालन गर्न लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

दादुरासँगै खतराको रुपमा देखा परेको रुबेलाको रोकथामका लागि दादुरा–रुबेला खोप अभियान सन्चालन गर्न लागेको महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले जानकारी दिनुभयो । खोप दिन छुटेपछि फेरि विरामी संख्य बढेकाले अभियान चलाउन लागिएको मरासिनीको भनाई छ ।

पहिलो चरणमा भोलिदेखि तीन दिन र दोस्रो चरणमा भदौ १४ देखि १९ गतेसम्म खोप सेवा सञ्चालन गरिने महाशाखाले जनाएको छ । दादुरा रोकथामका लागि लगाइएको खोपका कारण बालमृत्युदर सङ्ख्या २५ प्रतिशत न्यून भएको तथ्याङ्कले देखाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी