काठमाडौ २९ साउन ।
रौतहटमा गएराति भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
गरुडा नगरपालिका ५ श्रीनगर चोकमा भारतीय नम्बर प्लेटको मोटरसाईकले ठक्कर दिँदा ६० बर्षीया महमदिया देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीब्र गतिमा रहेको वि. आर. ३० एफ ४३ ९३ नम्बरको मोटरसाइकलको ठक्करबाट घाईते भएका उनको उपचारका लागि भरतपुर लैजादै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल र चालक भारत विहारका सनसुन कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline