साउन २८ सल्यान।
सल्यानलाई प्रदेश नं ५ मा कायम गर्नुपर्ने माग सहित सुरु भएको आन्दोलन मोडिने संकेत देखिएको छ । आन्दोलनका कारण सल्यान ठप्प जनजिवन ४ दिनदेखि प्रभावित भएको छ ।
हडतालका कारण सल्यानमा सरकारी कामकाज पनि ठप्प छ । सल्यानको आन्दोलन संयमिततामा अगाडि बढेको भन्दै आज सल्यानका राजनीतिक दलका नेतृत्वले अव पनि यसको सुनुुवाई नगरिए आन्दोलनका कार्यक्रम लाई तिव्र पार्ने जनाएका छन ।
सल्यानी जनताको भावनामा खेलवाड गर्ने कुनैपनि नेतृत्वलाई नछोड्ने बताएका उनिहरुले यदी सरकारी शक्ति लगाएर हिंसात्मक बनाए आन्दोलनले उग्र रुप र त्यसको जिम्मेवारी सरकारमा प्रतिनिधीत्व गर्ने राजनीतिक दलका नेतृत्वले लिनुपने बताएका छन ।
सल्यानलाई आर्थिक, राजनीतिक, सामाजिक रुपमा प्रदेश नं. ५ मा नै राख्नुपर्ने बताएका उनिहरुले सल्यानी जनताले अव गर्ने आन्दोलनको नेतृत्व सल्यानका सभाषद्हरुले गर्नुपर्ने नत्र स्थिती भयावह हुने बताएका छन ।
साउन २३ गते राती ११ बजे प्रदेश नं. ५ मा राखिएको प्रदेशलाई नेताहरुको सिफारिसमा प्रदेश नं. ६ मा राखिएको उनिहरुले आरोप लगाएका छन ।
विहान पत्रकारसंग अखण्ड राप्तीको कुरा गरिरहेका दलहरुले दिउसो मध्यपिश्चिममा एउटा प्रदेशको राजधानी हुनुपर्नेमा जोड दिएका छन ।
दिउसो खलंगामा चम्चा र थाली ठटाउदै आन्दोलन गरिरहेका आन्दोलनकारिलाई सम्बोधन गर्दै नेपाली काँग्रेस सल्यानका सभापती गणेश चन्द ले मध्यपश्चिम बासीलाई चिरा पार्न पाईदैन भन्दै मध्यपश्चिमको जुनसुकै ठाँउमा भएपनि रानधानी हुदा आफु सहमत हुने तर सुदुरपश्चिम भने नजाने बताए ।
आफनै पार्टिका सभापती तथा प्रधानमन्त्रि शुसिल कोईराला लाई चुनौती दिदै कोण सभामा उनले भने “शुसिल दाई मलाई भन्दिनुस म आन्दोलनकारी हु की पार्टी सभापती हु यदी आन्दोलनकारी भए २४ घण्टाभित्र कार्बाही गर्नुस हैन भने माग पुरा गरी पार्टी मा फिर्ता बोलाउनुस ।
अहिले सिमाकंनको कुरा मात्रै आएका बेला सभाषदहरुले कहाँको राजधानीको कुरा गरि विज्ञप्ती गरेको भन्दै राप्रपा नेपालका मनोज सिंहले ६ वटा प्रदेशहुने भएमा सल्यानलाई प्रदेश नं. ५ मा राख्नुपर्ने बताएका छन ।
हिजोसम्म आन्दोलनमा नलागेका प्रदेश नं. ६ को राजधानी सुर्खेत हुने र आफुहरु ६ मा हुनुपर्ने भनेका एमाओवादी अध्यक्ष कर्ण बहादुर बुढाथोकीले पुर्वमा पाल्पा तथा बाग्लुङ्गलाई राजधानी नमानीने भनेका बेला प्रदेश नं. ५ को लागि आन्दोलनमा क्रियाशिल रहेका हरि केसीले पश्चिममा दार्चुला, डडेल्धुरा र कन्चनपुरलाई कुनै पनि हालतमा राजधानी मान्न सकिदैन भनेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुमध्ये केहिले मध्येपश्चिममा एउटा राजधानी हुनुपर्ने बताएका छन । आजको कार्यक्रममा नेपाली काग्रेशका महासमिती सदस्य तथा पुर्व जिविस सभापती ध्रुवराज पुरीले पनि सहभागिता जनाएका थिए ।
विहान पत्रकारहरुको भेटमा हिजोका आन्दोलनहरुमा सहभागि हुन नसकेको भनेका पुरीले आजको दिउसोको सभालाई सम्बोधन गर्दै मध्यपश्चिमका दाङ्ग, सुर्खेत र रुकुमको चौरजहारी पनि राजधानी हुनसक्ने तर्फ इंगित गर्दै त्यसका लागि आन्दोलनका कार्यक्रमलाई तिव्रता दिनुपर्ने बताएका छन ।
उता श्रीनगर, ढोरचौर, कपुरकोट, लुहाम, सल्लीबजार थारमारे र लान्ती लगायतका ठाँउमा पनि कार्यक्रम सम्पन्न भएको छ । श्रीनगरमा बोल्ने वक्ताहरुले कार्यक्रममा बोल्दै आफुहरुको आन्दोलन राजधानीका लागि हैन राप्ती एक हुनुपर्ने विषयमा भएको बताएका छन । सल्यानको आन्दोलनमा सबभन्दा पहिला आन्दोलनमा उत्रेका उनिहरुले सल्यानलाई राप्तीबाट नटुक्रयाउन भनेका छन ।