ललितपुरका पानी उद्योगहरु बन्द

ललितपुरका पानी उद्योगहरु बन्द

  • बिहिबार, साउन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ,२८ साउन ।

ललितपुर जिल्लामा संचालित २३ ओटा पानी उद्योग बन्द भएका छन ।

जिल्ला बिकास समिती ललितपुरले यही साउन २० गतेदेखि लतितपुरका पानी उद्योगबाट उत्पादित प्रतिजार पानीमा ४ रुपैया ५२ पैसाका दरले कर लागु गरेपछि ब्यापारीहरुले उद्योग बन्द गराएका हुन् ।

जि.वि.स.ले आफुखुसि कर लगाएपछि उद्योगहरु घाटामा सञ्चालन गर्न नसकिएकाले उद्योगहरु बन्द गर्नुपरेको सक्षम फुड एण्ड वेभरेज प्रालिका सञ्चालक शुनिल भण्डारीले बताउनुभयो ।

उहाँले उपत्यकाका काठमाण्डौ, भक्तपुर बाहेक ललितपुरका उद्योगहरुबाट उत्पादित पानीमा मात्रै कर लगाएकोमा आपत्ति पनी जनाउनुभयो । सरकारले पानीमा लगाएको करप्रणालीलाई फिर्ता नलिएसम्म उद्योगहरु सञ्चालन नहुने भण्डारीको भनाई छ ।

सञ्चालित पानी उद्योगहरु बन्द भएपछी बिशेषगरी त्यस क्षेत्रका उपभोक्ताहरुलाई सहज पानी उपभोग गर्न समस्या भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी