काठमाण्डौ,२८ साउन ।
सुनसरी प्रहरीले एक ब्यापारीलाई अपहरण गर्ने योजना बनाइरहेको अवस्थामा तीन जनालाई पक्राउ गरी आज सार्बजनिक गरेको छ ।
धरानका व्यापारी मनोज अग्रवाललाई अपहरण गर्ने योजना बनाइरहेका धरान उपमहानगरपालिका–५ का कमल अग्रवाल, धरान–७ का प्रविण ठकुरी र धरान–१७ का शिव शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।
व्यापारी अग्रवाललाई उनीहरुले पटक–पटक फोन गरी ज्यान मार्ने धम्की दिन थालेपछि पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline