चुक्ता पूँजी ८ अर्ब र्पुयाउन अधिकांश बैङ्क मर्जरमा जाँदै

चुक्ता पूँजी ८ अर्ब र्पुयाउन अधिकांश बैङ्क मर्जरमा जाँदै

  • बिहिबार, साउन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं ,२७ साउन ।

नेपाल राष्ट्र बैङ्कले चुत्ता पूँजी ८ अर्ब पुर्याउन पर्ने बाध्यकारी नियम बनाएपछि तोकेको चुक्तापूँजी र्पुयाउन योजना सार्वजनिक गरेका वाणिज्य बैङ्कहरूमध्ये अधिकांश मर्जरमा जाने भएका छन् ।

एनएमबी बैङ्क, प्रभु बैङ्क, ग्राण्ड बैङ्क अहिले मर्जर प्रक्रियामा रहेका छन् भने नेपाल बङ्गलादेश बैङ्क, एनसीसी बैङ्क, मेगा बैङ्क र सिद्धार्थ बैङ्कले पनि मर्जरमा जाने योजना बनाएक छन् ।

हालै राष्ट्र बैङ्कले २ वर्ष (२०७४ असार मसान्त)भित्र न्यूनतम चुक्तापूँजी ८ अर्ब रुपैयाँ र्पुयाउन वाणिज्य बैङ्कलाई निर्देशन दिएको छ ।

नेपाल बङ्गलादेश र एनसीसी बैङ्कबीच हालै मात्र मर्जरको चर्चा चल्न थालेको छ । यसअघि राष्ट्र बैङ्कले एकै समूहअन्तर्गतका संस्थाबीच मर्ज गराउने पहल गरिरहेको भए पनि चुक्तापूँजी ४ गुणा बढाउनु पर्ने हालको अवस्था आएपछि मात्रै यी संस्थाले यो विकल्पमा छलफल शुरू गरेका हुन् ।

यसमा अन्तिम निर्णय हुन बाँकी रहे पनि लगभग तयारी शुरू भइसकेको स्रोतले बतायो । यी कम्पनीको मर्जरपछि पनि चुक्तापूँजी भने लगभग ४ अर्ब रुपैयाँ मात्र पुग्नेछ । बङ्गलादेश बैङ्कको वैदेशिक संस्थापकबाट थप लगानी हुने सम्भावना पनि रहेको स्रोतले उल्लेख र्गयो ।

मेगा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले मर्जर, हकप्रद तथा बोनस शेयर वितरण सबै प्रक्रियाबाट शेयर वृद्धि गर्ने सम्भावना रहेको बताएका छन् । ‘हाम्रो व्यवस्थापनले राखेको प्रस्ताव हो । यो हाम्रो सञ्चालकहरूले हरेक दिन यसमा छलफल गरिरहनु भएको छ,’ शाहले जानकारी दिए । उनले एक वाणिज्य बैङ्कसँग मर्जरमा जाने, त्यसपछि हकप्रद र बोनस शेयर जारी गर्ने योजना सञ्चालक समितिलाई पेश गरेको जानकारी दिए ।

सिद्धार्थ बैङ्कले पनि मर्जर र बोनस शेयरको माध्यमबाट चुक्तापूँजी वृद्धि गर्ने सोच बनाएको छ । ‘हाम्रो बैङ्कले मर्जर र बोनस शेयरको माध्यमबाट चुक्तापूँजी वृद्धि गर्ने योजना बनाएको छ, यीमध्ये कुनै एकको सम्भावना भएन भने पनि संस्थापकहरू थप लगानी गर्ने सोचमा छन्,’ बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले भने ।

हाल एनएमबी बैङ्क भने क्लीन इनर्जी, भृकुटी विकास बैङ्क, पाथिभरा विकास बैङ्क र प्रुडेन्सियल फाइनान्ससँग मर्जर प्रक्रियामा रहेको छ । क्लीन इनर्जीको वैदेशिक संस्थापकले मर्जरपछि पुग्ने बैङ्कको पूँजीको २० प्रतिशत लगानी थप्ने भएको छ । यसपछि नपुग चुक्तापूँजी पु¥याउन बैङ्कले बोनस तथा हकप्रद शेयर जारी गर्ने योजना बनाएको छ ।

प्रभु र ग्राण्ड बैङ्कबीच हाल मर्जर प्रक्रिया अगाडि बढिसकेको छ । यो मर्जर सम्पन्न भए बैङ्कको चुक्तापूँजी लगभग ५ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि नपुग रकम बैङ्कले बोनसरहकप्रद वा थप सानो कम्पनी मर्जर गरेर र्पुयाउने योजना बनाएको छ ।

बृहत् मर्जरपछि चुक्ता पूँजीको आधारमा निजीक्षेत्रको अहिलेको सबैभन्दा ठूलो बैङ्क बनेको ग्लोबल आईएमई बैङ्कले बोनस तथा हकप्रद शेयर जारी गरेरै चुक्तापूँजी बढाउने बताएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले यही दुई विकल्पबाट पनि चुक्तापूँजी ८ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरे ।

नेपाल इन्भेष्टमेण्ट बैङ्क र नेपाल एसबीआई बैङ्कले भने थप शेयर निष्कासन (फर्दर पब्लिक अफरिङरएफपीओ)मार्पmत चुक्तापूँजी वृद्धि गर्ने योजना बनाएका छन् । इन्भेष्टमेण्ट बैङ्कले नेपाल स्टक एक्सचेञ्जमा एफपीओ जारी गर्न लागेकाले हालको संस्थापक शेयर संरचना परिवर्तन नगर्ने जानकारी दिइसकेको छ ।

नेपाल एसबीआई बैङ्कको २०७१ माघ १४ गते सम्पन्न २१औं साधारणसभाले साधारण शेयरधनीको स्वामित्व ३० प्रतिशत र्पुयाउन आवश्यक पर्ने एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको आजको आर्थिक अभियान मा खबर छ ।

सोही साधारणसभाले ‘विदेशीररणनीतिक साझेदाररसंस्थापकबाट थप पूँजी लगानी (इन्फ्युजन)’ गराउने निर्णयसमेत गरिसकेको छ । तर, बैङ्कले हाल तोकिएको चुक्तापूँजी र्पुयाउन पारित यी पुराना प्रस्तावमा के गर्ने भन्ने जानकारी सार्वजनिक गरिसकेको छैन ।

हिमालयन बैङ्कले भने बोनश तथा हकप्रद शेयर निष्कासनबाटै चुक्तापूँजी वृद्धि गर्ने योजना बनाइरहेको छ । ‘मेलम्ची आयोजनाको ग्यारेण्टीको सम्बन्धमा यसअघि सञ्चितिमा रहेको २५ करोड रुपैयाँ र ऋणपत्रबाट उठेको रकमलाई पनि बोनस शेयर दिन प्रयोग गरिने योजना बनाउँदै छौं,’ बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।

सञ्चालनमा रहेका कृषि विकास बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कको हाल चुक्तापूँजी ८ अर्बभन्दा माथि रहेको छ ।

प्राइम कमर्शियल बैङ्क, जनता बैङ्कलगायतले पनि मर्जरमा जाने सम्भावना रहेको खबर सार्वजनिक गरिसकेको छ । सानिमा बैङ्कले भने मर्जरमा नगई चुक्तापूँजी वृद्धि गर्ने उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी