संघीय लिम्वुवान पार्टीद्धारा पूर्वका नौ जिल्ला बन्द, जनजिवन प्रभावित

संघीय लिम्वुवान पार्टीद्धारा पूर्वका नौ जिल्ला बन्द, जनजिवन प्रभावित

  • बिहिबार, साउन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, २८ साउन ।

पहिचान विनाका प्रदेश निर्माण गरिएको भन्दै संघीय लिम्वुवान पार्टी नेपालले आज पूर्वका नौ जिल्ला बन्द गराएको छ ।

सरकारसँग भएका पटक–पटकका सहमति कार्यान्वयन नगरीएकोले पूर्वी नेपालको अरुण सप्तकोशी पूर्वका नौ जिल्लासहितको लिम्बुवान राज्य माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले बन्द आह्वान गरेको हो ।

यस्तै बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम र धनकुटा जिल्लाको जनजिवन प्रभावित बनेको छ ।

ती जिल्लाहरुमा शैक्षिकसंस्था, बजार, कलकारखाना र यातायात ठप्प बनेका छन् । लिम्बुवान कार्यकर्ताले विहानैदेखि सडकमा निस्किएर प्रदर्शन शुरु गरेका छन् ।

त्यस्तै बन्दका कारण पूर्वका धरान, इटहरी, विर्तामोड, दमक, काकडभिट्टा लगायतका मुख्य बजारहरु पूर्णरुपमा बन्द भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी