त्रिचन्द्र अगाडी दुर्घटनामा परी एकको मृत्यु

त्रिचन्द्र अगाडी दुर्घटनामा परी एकको मृत्यु

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, २७ साउन ।

काठमाडौं महानगरपालिका–३१ त्रिचन्द्र क्याम्पस अगाडि बा.१ ज ९१३६ नम्बरको  माइक्रोबसको ठक्करबाट बुधबार गम्भीर घाइते भएका ओखलढुङगा बिगुटार–८ बस्ने पैदलयात्री २६ वर्षीय नाम्गेल शेर्पाको मोडल अस्पताल बागबजारमा उपचारको क्रममा मृत्यु भएको छ ।

ठक्कर दिएको बिषयलाई लिएर आक्रोशित भिडले माइक्रोबसमा आगजनी गर्दा पूर्णरुपमा जलेर क्षति भएको छ ।

यसैगरी झापा चकचके–४ स्थित भित्री सडकमा मे.१ त ४१८७ नम्बरको ट्याक्टरले बुधबार साईकललाई ठक्कर दिादा भएको दुर्घटनामा गम्भीर घाइते भएका साइकलयात्री राजगढ–१ बस्ने ५० वर्षीय प्रेमलाल राजबंशीको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने हाल फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी