सवाद समितिको प्रवितेवन बहुमतका आधारमा पारीत

सवाद समितिको प्रवितेवन बहुमतका आधारमा पारीत

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाण्डौ, २७ साउन ।

६ प्रदेशको सिमांकनमा भएको सहमतिसहित सम्वाद समितिले पेस गरेको प्रतिवेदनलाई संविधानसभाले पारित गरेको छ ।

प्रतिवेदनमाथि छलफल सकिएपछि आजको बैठकले यसलाई पारित गरेको हो । यसलाई मस्यौदा समितिमा पठाइएको छ । कृष्णप्रसाद सिटौला नेतृत्वको मस्यौदा समितिले जनताका सुझावलाई समेटेर तयार गरेको प्रतिवेदनका आधारमा मस्यौदामा परिमार्जन गर्नेछ ।

मस्यौदा समितिलाई पााच दिनको समय दिइएको छ । साउन मसान्तभित्रै संविधानको अन्तिम मस्यौदा तयार हुनेछ । त्यसपछि त्यसलाई विधेयकका रुपमा संविधानसभामा प्रवेश गराइने छ । मस्यौदा समितिले आजैदेखि काम थालेको छ ।  संशोधन र दफावार छलफलको प्रकियालाई केही छोट्टाएर भदौंको मध्यसम्ममा संविधान जारी गर्ने तयारीअनुरुप काम थालिएको सभाध्यक्ष सुवास नेम्वाङले बताउनुभएको छ ।

मस्यौदा समितिले जनताका सुझावसहित सम्वाद समितिले पठाएका बुादालाई समेटेर संविधानको विधेयक तयार गर्नेछ । सम्वाद समितिको प्रतिवेदन पारित भएपछि संविधान थप सुनिश्चित भएको छ । ६ प्रदेशको सिमांकनमा चार दलबीच सहमति भएपछि त्यसमा आधारित भएर सम्वाद समितिले संविधानसभामा प्रतिवेदन पेस गरेको थियो ।

यता छलफलमा सहभागी सभासद्हरुले प्रदेश सिमांकनलाई अझै व्यवहारिक, वैज्ञानिक र सर्वस्वीकार्य बनाउनुपर्ने सुझाव दिइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाललगायतका पााच दलले छलफलमा सहभागी भएनन् । उनीहरुले संविधानसभामा बाहिष्कार गरेर निस्केका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ