साउन २७ काठमाण्डौं ।
एशियाली विकास बैक ( एडीबी ) ले सरकारलाई बजेटरी सहयोगका रुपमा अर्ब ७५ करोड सहायता दिने भएको छ ।
एडीबीले हालैको भूकम्पबाट नेपालको आर्थिक विकासका पूर्वाधार तहसनहस भएको भन्दै नेपाल सरकारलाई ऋण सहायता मार्फत बजेटरी सहयोग गर्न लागेको एडीबीको कार्यलय मनिलाबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गरिबी न्यूनीकरणका लागि जापानी कोषबाट थप करिब १ अर्ब ५० करोड रुपैयाा नेपाल सरकारलाई दिने उल्लेख विज्ञप्तिमा गरिएको छ ।
एडीबीले नेपालको भूकम्प पीडितको उद्धार र राहतका लागि ३० करोड रुपैया प्रदान गरीसकेको छ ।
एडीबीले यसअघि भूकम्पबाट पुगेको क्षति न्यूनीकरण गर्दै लैजान कुनै न कुनै माध्यमबाट नेपाललाई ६० अर्ब रुपैयाा सहयोग गर्ने बताउदै आएको छ ।
एडीबीले भूकम्पका कारण सहस्राब्दी विकास लक्ष्य प्रभावित भएको भन्दै थप ९ लाख ८२ हजार व्यक्ति भोकमरीको चपेटामा परेको जनाएको छ ।
भूकम्प पछिको पुननिर्माणका लागि ६ खर्ब भन्दा बढी रकमको आवस्यकता पर्ने राष्ट्रिय योजना आयोगको प्रतिवेदनले देखाएको छ ।