धनगढी, २७ साउन।
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले मध्य रातमा चार दलले हस्ताक्षर गरी थारुहरुलाई फासीको फन्दामा पारेर प्रदेश सिमांकन गरी थारुलाई सखाप पर्ने दुष्प्रयाश गरेको बताउनु भएको छ ।
कैलालीमा निकालिएको बिरोध र्यालीमा सम्बोधन गर्दै नेता थारुले आफ्नो अधिकारको लागि आफै सिमांकन गर्न सक्छौं हामीलाई कञ्चनपुरदेखि चितवन सम्मको थरुहट प्रदेश नभए सम्म शरिरमा एक थोपा रगत रहुन्जेल आन्दोलन जारी राख्ने बताउनु भयो ।
उहाले विगतमा पनि थारुहरुलाई भुलभुल्यामा पारेर बार्ता गरियो तर अब हामी काठमााण्डौको सिहदरबार र बालुवार नगई कैलाली कञ्चनपुरमा बार्ता गर्ने बताउनु भयो । उहाले भन्नुभयो हाम्रो भू–भाग कैलाली र कञ्चनपुर हो तर एमाले काँग्रेसका ठूला भन्ने नेताहरुले हाम्रो उपस्थिति बिना हस्ताक्षर गरी प्रदेश सिमांकन गर्ने अधिकार कहाँबाट लिए भन्दै शिर्ष नेताहरुलाई प्रश्न छ ।
उहाले आफू थरुहटको माग गर्दा अखण्ड सुदुरपश्चिम प्रदेशको माग राख्नेहरु दुश्मनी मोलेको बताउदै हामी कसैको दुश्मनी होईनौ बरु पहाडी क्षेत्रको विकासको लागि सहयोग गरेको बताउनु भयो ।
थरुहट आन्दोलनलाई सफल पार्न व्यापारी र यातायात व्यवसायीहरुलाई बन्दको अबज्ञा नभई समर्थन गर्न अनुरोध गर्दै २८ गते देखि बन्दको अबज्ञा गर्ने जो कसैले पनि अबज्ञाको परिणाम भोग्नेछन् भन्ने चेतावनी दिईएको थियो ।
उहाले आक्रोशित हुदै भने राणकाल देखि १० वर्षे जनयूद्ध सम्म यीनै थारुको सहयोग बलिदानीबाट आन्दोलन सफल भएको उद्घोष गर्दै अब थारु जागेर उठीसके आफ्नो पहिचानको लागि जस्तोसुकै अवस्था आए पनि एक कदम पछाडी नहट्ने दाबी गर्नुभयो ।
त्यसै गरी नेकपा एमालेका भातृसंगठन यूवासंघका जिल्ला सचिब राम चरण थारुले एमाले पार्टीको लागि ज्यान दिन तयर भएका थारुहरुलाई पार्टीले जिस्काएको बताउदै पार्टी भित्रका सबै थारु एक भएर आफ्नो पहिचानको लागि जस्तो मूल्य चुकाउनु परे पनि आफू तयार भएको बताए । उनले एमाले पार्टीमा आबद्ध भएका सबै थारुहरुको सहयोग रहेको प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
त्यसै गरी थरुहट तराई पार्टीका केन्द्रीय सदस्य माधब थारुले सुदुरपश्चिमबाट जब सम्म कैलाली कञ्चनपुर अलग हुदैन तब सम्म पहाडको विकास हुन नसक्ने बताउदै सुदुरपश्चिमको विकासको लागि पनि कैलाली कञ्चनपुर अलग्यानु पर्ने बताउनु भयो ।
कार्यक्रममा सदभवाना पार्टीका केन्द्रीय सदस्य मनिन्द्र सिंह, संघिय समाजबादी फोरम लोकतान्त्रिक नेपालका केन्द्रीय सदस्य होरीलाल चौधरी लगायतले मन्तव्य दिएका दिए । थरुहट सयुक्त संघर्ष समितिका संयोजक लाहुराम चौधरीले फाँसीको फन्दालाई जलाएर समापन गरेका थिए ।
त्यसै गरी कैलालीको टीकापुर, लम्की, भजनी बौनिया लगायतको ठाउँमा बृहत जुलुस निकाली कोण सभामा परिणत भई वक्ताहरुले मन्तव्य राख्दै बिरोधलाई निरन्तरता दिएका छन् ।
कैलाली कञ्चनपुरका थारु समुदायले थरुहटको माग गर्दै आन्दोनमा उत्रिएको पाँचौ दिन पनि जनजिवन पूूर्णरुपमा प्रभावित बनेको छ ।
दिन प्रतिदिन आक्रमक बन्दै गएको थरुहट आन्दोलन क्याम्पस चौकबाट निकालिएको विरोध जुलुस ट्राफिक चौक हुदै एलएन चौकमा समापन भएको थियो ।
