माध्यामिक तहको शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक,४४ दशमलव ३१ प्रतिशत उत्तीर्ण

माध्यामिक तहको शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक,४४ दशमलव ३१ प्रतिशत उत्तीर्ण

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौँ, २७ साउन ।
शिक्षक सेवा आयोगले माध्यामिक विद्यालय तहको स्थायी लाईसेन्सको नतिजा सार्वजनिक भएको छ । परीक्षामा ४४ दशमलव ३१ प्रतिशत उत्तीर्ण भएको आयोगले जनाएको छ ।

परीक्षामा सम्मिलित ११ हजार १ सय ८४ मध्ये ४ हजार ९ सय ५६ जना उत्तीर्ण भएका छन् ।

पूर्वाञ्चलबाट ९ सय ३१ जना उत्तीर्ण भएका छन् । यसै गरी मध्यमाञ्चलबाट १ हजार ५ सय ५३ जना, पश्चिमाञ्चलबाट १ हजार ३ सय ७१ जना, मध्यपश्चिमबाट ६ सय ७० जना र सुदुरपश्चिमबाट ४ सय ३१ जना उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी हुन १३ हजार २ सय १२ जनाले फर्म भरेका थिए । परीक्षामा भने ११ हजार १ सय ८४ जनाले सहभागिता जनाएका थिए ।

२ हजार ६ सय ३७ जनाले भर्म भरेकोमा पूर्वाञ्चलमा २ हजार २ सय २५ जनाले परीक्षामा सहभागिता जनाएका थिए । यस्तै मध्यमाञ्चलमा फर्म भरेका ४ हजार २ सय ७ मध्ये परीक्षामा ३ हजार ५ सय ८० सहभागि थिए ।

यसैगरी पश्चिमाञ्चलमा फर्म भरेका ३ हजार ४ सय १ मध्ये परीक्षामा २ हजार ९ सय ८६ जना सहभागि थिए । मध्यपश्चिमबाट १ हजार ८ सय ८४ जनाले फर्म भरेकोमा परीक्षामा १ हजार ५ हजार २० सहभागि थिए ।

सुदुरपश्चिमबाट फर्म भरेका १ हजार ८३ मध्ये ८ सय ७३ जना परीक्षामा सहभागि थिए । आयोगले परीक्षा भएको एक महिना भित्रै नतिजा सार्वजनिक गरेको हो । गत असार २८ गते आयोगले परीक्षा लिएको थियो ।

आयोगका संयत्रले प्रभावकारी काम गर्दा यति छिट्टै नतिजा सार्वजनिक गर्न सकिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा बताए ।
गत असार १३ गतेका लागि तय गरिएको परीक्षा भूकम्पका कारण २८ गतेका लागि सारिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी