स्वार्थका लागि धर्मका नाममा राजनीति भइरहेको ज्ञवालीको आरोप

स्वार्थका लागि धर्मका नाममा राजनीति भइरहेको ज्ञवालीको आरोप

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, २७ साउन ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरु धर्मको विषयमा तटस्थ बस्नुपर्नेमा जोड दिनुभएको छ ।

राजधानीको संबाद डबलीमा आयोजित ‘संविधानमा धार्मिक व्यवस्था’ विषयक अन्तरक्रियामा उहाले केही राजनीतिक दलहरु धर्मको विषयमा तटस्थ नभइ धर्मको नाममा राजनितीक गरीरहेको आरोप लगाउनु भयो ।
सचिब ज्ञवालीले संविधानमा धर्म्निरपेक्षताको व्यवस्था उपयुक्त हुने धारणा राख्नुभएको छ । उहाले केही व्यक्तिले स्वार्थका लागि धर्म्निरपेक्षताको अपव्याख्या गर्दै धर्मका नाममा राजनीति गरीरहेको बताउनु भयो ।

यस्तै सोही कार्यक्रममा एकीकृत माओवादी प्रवक्ता दीनानाथ शर्माले राष्ट्रको कुनै धर्म नहुने भन्दै व्यक्तिगत स्वतन्त्रता र विश्वासको विरोध गर्न नहुने बताउनु भयो ।

संघीय समाजवादी फोरमका उपाध्यक्ष मोहम्मद लालबाबु यादवले धर्मको नाममा राजनीति गर्नेहरुका कारण विवाद बढेको भन्दै धर्म्निरपेक्षतालाई समस्या ठान्न नहुने धारणा राख्नुभएकाने थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी