अध्यक्षमा कन्दङ्वा निर्वाचित

अध्यक्षमा कन्दङ्वा निर्वाचित

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

बिर्तामोड ।
बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताबजारको अध्यक्षमा सुर्य कन्दङ्गवा निर्वाचित भएका छन् ।
मंगलवार सम्पन्न चुुनावमा अध्यक्ष पदका लागी कसैको दावी नपरेपछी कन्दङ्गवा निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

२ जना उपाध्यक्ष पदका लागी ३ जनाको उमेद्धवारी परेपछी भएको चुनावमा मदन आचार्यले २९ मत प्राप्त गरी प्रथम उपाध्यक्ष्मा निर्वाचित भएका छन् ।
त्यस्तै वासुदेव माझीले २७ मत प्राप्त गरी दोस्रो उपाध्यक्षमा निर्वाचित भएका छन् । अर्का प्रत्यासी दिवाकर प्रसाईले १७ मत प्राप्त गरी पराजित भएका छन् ।

महाँसचिव पदका लागी केशव पाठकको उमेद्धवारीमा दावी नपरेपछि पाठकलाई निर्विरोध घोषणा गरीएको थियो । त्यस्तै सचिव पदका लागि पारस तिम्सिना र अफ्रोज खानको उम्मेद्वारी परेको थियो ।
खानले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि तिम्सिनालाई निविरोध बिजयी घोषणा गरिएको निर्वाचन समितिका अध्यक्ष लक्ष्मी गौतमले जानकारी दिएका छन् ।

कोषाध्यक्ष पदमा समेत चुनाव नभई निर्विरोध रुपमा जानुका थापामगरलाई बिजयी घोषणा गरिएको बताईन्छ । ७ जना सदस्य पदका लागी ११ जनाको उम्मेद्वारी परेपछी सबै सदस्य पदमा चुनाव भएको थियो । सदस्य पदका तुलाराम गुरुङले २९ मत प्राप्त गरी बिजयी भएका छन् ।

त्यस्तै पदम प्रसाईले २९ मत, पृथ्वी न्यौपानेले २८ मत, कृष्णलाल राजवंशीले २८ मत, रबिन्द्र लिङ्गदेनले २६ मत, भिमा सुवेदीले २६ मत, उत्तम तिम्सिनाले २५ मत प्राप्त गरी बिजयी बनेका थिए । सदस्य पदमा उठेका पुर्ण काफ्लेले २३ मत, त्यस्तै पार्वता दाहालले २२ मत, गिता काफ्लेले ११ मत ल्याएर पराजित भएका हुन । ४७ मतदाता रहेकोमा ४० मत खसेको थियो । खसेको मत मध्ये ३ वटा मत बदर भएको थियो ।

निर्वाचित सबैलाई निर्वाचन समितिले मंगलवार नै सपथ ग्रहण गराएको थियो । पुर्व सांसद डिल्ली सिटौलाको प्रमुख आतिथ्यमा निर्वाचित पदाधिकारीलाई सिटौलाले नै प्रमाण पत्र हस्तान्तरण गरेका थिए । सम्पन्न निर्वाचन समितिको अध्यक्षमा लक्ष्मी गौतम, सदस्यमा हरी चौधरी र पहलमान श्रेष्ठ रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी