मस्यौदाका बिषयमा सभासदबीच चर्काचर्की , परिमार्जित प्रतिवेदनमा संविधानसभामा छलफल सुरु

मस्यौदाका बिषयमा सभासदबीच चर्काचर्की , परिमार्जित प्रतिवेदनमा संविधानसभामा छलफल सुरु

  • मङ्लबार, साउन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, २६ साउन ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पेश गरेको संविधानको पहिलो मस्यौदाको परिमार्जित प्रतिवेदनमा माथि मंगलबारदेखि संविधानसभामा छलफल सुरु भएको छ ।

तर राप्रपा नेपाल र केही मधेस केन्द्रित दलले भने प्रस्तावित परिमार्जित मस्यौदामाथिको छलफल बहिस्कार गरेका छन् ।

संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले पहिलो मस्यौदामाथिको परिमार्जित प्रतिवेदनमाथि छलफल होस भन्ने प्रस्ताव राखेपछि त्यसमाथि छलफल सुरु भएको हो ।

छलफल सुरु हुनुअघि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको सिमांकन जनभावना अनुरुप नभए देशैभर विद्रोह हुने चेतावनी दिन’भयो ।
उहाले सुर्खेतमा मान्छे मारिएका, जुम्लालगायतका स्थानमा दमन गरिएको भन्दै अब देशका अन्य क्षेत्रमा पनि विद्रोह हुने बताउन’भयो ।

जनतालाई दमन गरेर संविधान जारी गर्छौं भन्ने भ्रम भए त्यसलाई हटाउन सुझाव दिँदै उनले चार दलका नेता आफैं बर्दि लगाएर बन्दुक बोकेर गए पनि जनतालाई रोक्ने नसक्ने चेतावनी दिन’भयो ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले धार्मिक स्वतन्त्रतासहितको सनतान हिन्दू राज्य घोषित नगरिए देशमा विद्रोह हुने र ९४ प्रतिशत जनताले संविधान अस्विकार गर्ने चेतावनी दिन’भयो ।

राप्रपा नेपाल र मधेस केन्द्रीत दलका ५९ सभासद्ले बहिस्कार गरे पनि मस्यौदामाथिको छलफल भने जारी रहेको छ ।

छलफलमा सहभागी १६ बुँदे सम्झौताका हस्ताक्षरकर्ता दलकै सभासदले पनि आपत्ति जनाएका छन् । तर उनीहरुले असन्तुष्टिका बीच संविधान जारी गर्नुपर्ने बताएका छन् ।

यसअघि आज बिहान ९ बजे बसेको संविधानसभाको बैठकले राष्ट्रिय सभाका पूर्वसांसद् तथा वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको निधनमा शोकप्रस्ताव पारित गरेको छ ।
बैठकमा अध्यक्ष सुवासचन्द्र नेम्वाङले राखेको शोक प्रस्ताव पारित गरेको हो । त्यसपछि एक घण्टाका लागि बैठक स्थगित गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी