धादिङ ट्राफिक कार्यालयद्वारा २ करोड २५ लाख रुपैयाँ राजश्व संकलन

धादिङ ट्राफिक कार्यालयद्वारा २ करोड २५ लाख रुपैयाँ राजश्व संकलन

  • मङ्लबार, साउन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

धादिङ, २६ साउन ।

जिल्ला ट्राफिक कार्यालय धादिङले अहिले सम्मकै बढी राजश्व संकलन गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष दोब्बरभन्दा बढी राजश्व संकलन गर्न सफल भएको जनाएको छ । राजमार्गमा दुर्घटना न्यूनीकरण गर्नका लागि भन्दै चेक जाँचलाई तिब्रता दिन थालेसँगै राजश्व संकलनमा पनि एक्कासी बृद्धि भएको हो ।

गत आर्थिक वर्षमा करिव ८० लाख ५९ हजार रुपैयाँ राजश्व संकलन भएकोमा यस वर्ष भने २ करोड २५ लाख रुपैयाँ उठाएको हो ।

दैनिक चेक जाँचका क्रममा राजमार्गबाट मात्रै ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना स्वरुप राजश्व संकलन हुने गरेकोे जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ ।

राजश्व संकलनसँगै राजमार्गमा सवारी दुर्घटनामा समेत न्यूनीकरण भएको दाबी प्रहरीको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी