पुँजी बढाउन पाँच वर्ष समय दिन बैंकर्स संघको माग

पुँजी बढाउन पाँच वर्ष समय दिन बैंकर्स संघको माग

  • मङ्लबार, साउन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, २६ साउन  ।

नेपाल बैंकर्स संघले राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई पुँजी बढाउन पाँच वर्ष समय दिन माग गरेको छ ।

संघका अध्यक्ष उपेन्द्र पौडेलको नेतृत्वमा गएको बैंकरको टोलीले चुक्ता पुँजी बढाउने नीति ठीक भए पनि समय कम भएको भन्दै बढाउने माग गरेको हो ।

बैंकरको गुनासो सुनेपछि राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले पुँजी वृद्धिका लागि दुई वर्ष पर्याप्त समय भएको बताएका थिए ।

‘बैंकले चाहेमा दुई वर्ष भित्रमा पुँजी पुर्याउन सजिलै सक्छन्’ गभर्नर नेपालको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘बोनस हकप्रद तथा मर्जर एक्विजेसन जे गरेर भए पनि दुई वर्ष भित्रमा पुँजी वृद्धि गर्नुपर्छ । राष्ट्रबैंकले पुँजी वृद्धिका लागि पाँच वर्ष समय दिन सक्दैन ।’
गभर्नरसँगको भेटपछि बैंकर भने निराश देखिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी