काठमाडौ २६ साउन ।
गुल्मीमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । गएराति लगातारको बर्षासँगै घर माथीबाट खसेको पहिरोले दिबु्रङ वडानम्बर तीनमा खड्कबहादुर सार्कीको घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा खड्कबहादुरका ४० बर्षिया श्रीमती आशा सार्की, ११ बर्षीय छोरा गगन सार्की र चार बर्षीय छोरी बिन्दु सार्की रहेको प्रहरीले जनाएको छ । राति करिब दुई बजे तिर घरमाथिबाट पहिरो खसेको थियो ।
घटनास्थलमा अहिले चन्द्रकोट प्रहरी चौकी शान्तिपुरबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक रामप्रसाद पौडेलले जानकारी दिनुभयो । खड्गबहादुर भने वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline