नवलपरासीमा प्रहरी युक्ति तालिम महाविद्यालय तथा तालिम उदघाटन

नवलपरासीमा प्रहरी युक्ति तालिम महाविद्यालय तथा तालिम उदघाटन

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

नवलपरासी, २३ साउन
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नवलपरासी रामनगर–५ जर्घाहस्थित प्रहरी युक्ति तालिम महाबिद्यालय र सोही महाबिद्यालयमा सुरु हुने पहिलो समूहको हतियार हेण्डलिङ तालिम शनिबार आयोजित समारोहमा उदघाटन गर्नुभयो ।
प्रहरी महानिरीक्षक अर्यालले प्रहरी जवानबाट प्रहरी हवल्दार पदमा पदोन्नती भएका सूर्यबहादुर बि.क. र दानबहादुर लामालाई सोही समारोहमा दज्र्यानी चिन्हबाट सुशोभन गर्नुको साथै महाबिद्यालय स्थापनामा अतुलनीय योगदान पुर्‍याउने ३० जना प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्रसमेत प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले बिज्ञान, प्रविधि र भौतिक बिकास सागसागै नयाानयाा चुनौतीको सामना गर्नुपर्ने भएकोले सोही अनुरुपको सक्षम जनशक्ति उत्पादन गर्न महाबिद्यालयले जोड दिनुपर्ने बताउनुभयो ।  आफूसाग उपलब्ध साधनस्रोत र जनशक्तिको आवश्यकता अनुसार निर्वाधपुर्बक परिचालन गरी जनचाहना अनुरुपको काम गरी प्रहरीको लोकप्रियता र छविलाई जनतामाझ अझै उच्च राख्न उहााले निर्देशन दिनुभयो ।
सो समारोहमा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक गणेशराज राईले धन्यबाद ज्ञापन गर्नुभएको थियो । साथै महाबिद्यालयका प्राचार्य प्रहरी बरिष्ठ उपरीक्षक बिक्रमसिंह थापाले महाबिद्यालय उदघाटन तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कुल १८ कार्यदिनको उक्त तालिममा प्रहरी सहायक निरीक्षक २, प्रहरी हवल्दार ५ र प्रहरी जवान ४३ गरी जम्मा ५० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको उहााले जानकारी दिनुभयो ।
२०६४ सालमा दरबन्दी निकासा भई प्रहरी प्रधान कार्यालयमा रहेको उक्त महाबिद्यालय पडाड र तराईको मिश्रित भूगोलमा २४ बिगाह क्षेत्रफलमा फैलिएको युक्ति तालिमको लागि उपयुक्त नवलपरासीको रामनगर–५ जर्घाहस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थलमा सारिएको हो । अपहरण, आक्रमण, हत्या, हिंसाजस्ता मानव सिर्जित अपराध र भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक र अन्य मानव सिर्जित बिपदको बेलामा उद्धारलगायतका कार्य गर्ने उद्देश्यले सक्षम प्रहरी जनशक्ति उत्पादन गर्ने महाबिद्यालयको उद्देश्य रहेको छ ।
समारोहमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्मा, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक पंकज श्रेष्ठ, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, नेपाली सेना र सशस्त्र प्रहरी बलका अधिकृतहरु, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरु, संचारकर्मी एवं स्थानीय बासिन्दाहरुकोसमेत उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी