मोडल हन्ट बुधबार हुने

मोडल हन्ट बुधबार हुने

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौ साउन २५ । पुर्व मिस नेपाल उषा खड्गी ,चर्चित फोटो ग्राफर राजभाई सुवाल, फेसन डिजाइनर विश्व गौतमले पुरुष तथा महिला उत्कृष्ट मोडल छान्ने भएका छन् ।

राजधानिमा बुधबार अमृत भोग ब्याङक्वेटमा आयोजना हुने मोडल हन्ट नेपालको अन्तिम स्पर्धाका यी निर्णायकको रुपमा रहेका छन् । प्रतियोगीताका सहभागीले अहिले अन्तिम प्रतियोगीताका लागी तयारी  प्रशिक्षण पुरा गरिसकेका छन् ।
प्रतियोगीताको तयारी आफुहरुले राम्रो गरेको गरेको पुरुष प्रतियोगीतामा सहभागी मध्यका एक क्रिस राइले बताए । उनले भने ‘आफुमा भएको प्रतिभा निखार्न प्रशिक्षण महत्वपुर्ण रहेछ ।’ त्यस्तै महिला तर्फ सहभागी शिवानी मल्ले प्रशिक्षणले आफुलाई कोराबाट अन्ताराष्ट्रिय स्तरमा प्रतिनित्व गर्न सक्ने बनाएको बताइन् ।
मोडलिङ पेसालाई ब्यवसायिक एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नयाँ आयाम थप्ने उदेश्यले नेक्ष्ट मोडलस् नेपालको आयोजनामा हुन लागेको सौदर्य प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०१५’मा ३३ युवती र ३८ युवाले अन्तिम प्रतियोगीताको तयारी गरेका छन् ।
रनवे ,ब्यक्तित्व बिकाश, आर.जे, भि.जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चारकला, स्टेज पफमेन्सलगायत बिषयमा ज्ञान प्रतियोगीले लिएका छन् ।
मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नयाँ आयाम थप्ने उदेश्यले नेपालमै पहिलो पटक यो प्रतियोगिता आयोजना आफुले गरेको नेक्ष्ट मोडलस्का अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगीतामा शिर्ष सहित आधा दर्जन उप–विधामा बिजेता छानिने छ भने बिजेताले एक लाख रुपैया नगदका साथमा बिभिन्न उपहार जित्न सक्नेछन् । प्रतियोगीताबाट बचेको रकम सिर्जनसिल बालकल्याण केन्द्रलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी