साउन २५ काठमाण्डौं ।
नेपालका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको पहिलो वार्षिकीमा उनकी पत्नी तथा नायिका स्वेताले आफूले श्रीकृष्ण गुमाउदाको पीडाबाट अझै मुक्त हु्न नसकेको भन्दै उनको सपना पुरा गरेरै छाड्ने अठोट व्यक्त गरेकी छन् ।
श्रीकृष्ण स्मृति प्रतिष्ठानले गरेको पहिलो वार्षिकीको कार्यक्रममा उपस्थित स्वेताले भावुक हुदै भनिन पीडा विर्सिएको छैन तर पनि मैले हिम्मत हारेकी छैन भनिन् ।
श्रीकृष्णले विवाह पूर्व देखि नै आफूलाई स्ट्रङ हुनका लागि प्रेरित गर्ने गरेको स्मरण गर्दै उनले भनिन् ’आज भगवानले जुन दु:ख दियो, अन्याय गऱ्यो उहाालाई मलाई छुट्टाएर । मलाई ठूलो चोट र्पुयायो। १२ जना दाजुभाइको सबैभन्दा कान्छो भाइ । सम्पूर्ण इन्ड्रष्ट्रीलाई, नेपाललाई, मलाई, आमालाई रूवायो। त्यो अन्याय सहने हिम्मत अझ पनि आएको छैन्।’
कार्यक्रममा श्रीकृष्ण सम्बन्धि एक छोटो वृत चित्र पनि प्रस्तुत गरिएको थियो ।