धनगढी, २५ साउन
अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय समितिका अध्यक्ष रतन ढकालले राजनीतिक दलहरुले राष्ट्रियताको मुद्धालाई सत्तामा पुग्ने भर्याङ्ग बनाएको बताएका छन् । अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको काठमाण्डौा–लिपुलेक जागरण अभियान अन्र्तगत धनगढीमा पत्रकार सम्मेलन गरि अध्यक्ष ढकालले राजनीतिक दलहरुले सत्तामा पुग्न राष्ट्रियताको मुद्धालाई उठाउने तर, सत्तामा पुगेपछि मौन बस्ने गरेको बताए ।
‘एनेकपा–माओवादीले पार्टीको मुख्य एजेण्डा नै राष्ट्र बचाउनु हो’ उनले भने ‘आफ्नो पार्टिको मुख्य एजेण्डा राष्ट्रियताको मुद्धा रहेको र यसबाट कुनै स्वार्थ पार्टीले खोजेको छैन् ।’
अध्यक्ष ढकालले आफ्नो पार्टीले सत्तामा बसेर पनि राष्ट्रियताको विषयलाई नै प्रमुख बनाएर अगाडि बढाएकै कारण आज संविधानसभाबाट बाहिर राखिएको आरोप लगाए । उनले भने सरकार र राज्यले कुटनीतिक पहल गरि चिन र भारतबिच भएको लिपुलेक सम्झौता खारेज गराउनुपर्ने हो तर सरकारलाई राष्ट्रियताको सवालमा कुनै मतलब छैन् ।
अध्यक्ष ढकालले एनेकपा–माओवादीले सरकार र राज्यलाई कटनीतिक पहल गर्न पटक–पटक आह्वान गरेको तर सरकारले कुनै पनि चाासो नदेखाएको बताए । उनले चिन र भारतले लिपुलेक सम्झौता खारेज गर्नुभन्दा कुनै विकल्प नरहेको पनि सुझाव दिए । उनले चिन र भारतबिच जेठ १ गते भएको लिपुलेक सम्झौता खारेज नभए हतियार उठाउन पनि आफ्नो पार्टी तयार रहेको बताए ।
उनले अनेरास्ववियू क्रान्तिकारीको टोली दार्चुला आउन लागेको भारतले जानकारी पाएपछि सिमामा आफ्नो सेनालाई राखी र भारतले आफ्नो अभियानमा रोक लगाउन दार्चुला प्रशासनलाई दबाब दिईरहेको बताए । उनले यो अभियानमा कुनै रोक टोक भए झन कडा अभियान सञ्चालन गर्ने चेतावनी दिए । अध्यक्ष दकालले लिपुलेक सम्झौता खारेजीका लागि जस्तोसुकै बाधा र दु:ख झेल्न आफ्नो टोली तयार रहेको बताए ।
उनले यो अभियान केबल लिपुलेक सम्झौता खारेजीको मागको लागि मात्र नभई नेपाली भुमीमाथी अतिक्रमण विरुद्ध रहेको बताउादै उनले आफ्नो अभियान कालापानी, टनकपुर लगायत देशभरी भारतले अतिक्रमण गरि लिएको नेपाली भुमी प्रतिको रहेको बताए ।
‘भारत–चिन खबरदार ! अखिल क्रान्तिकारी राष्ट्रियताको पहरेदार’ भन्ने मुलका नाराका साथ अनेरास्ववियू क्रान्तिकारी केन्द्रिय समितिले साउन २२ गतेदेखि काठमाण्डौा–लिपुलेक जागरण अभियान शुरु गरेको थियो । जागरण अभियान अन्र्तगत सोमबार धनगढी पुगेको टोलीले धनगढीमा बृहत र्याली पनि निकालेको थियो ।
र्यालीमा सहभागी टोलीले कालपानी हाम्रो हो, लिपुलेक हाम्रो हो, भारत चिन खबरदार भन्दै नारा जुलुश गरेका थिए । धनगढीको जिल्ला विकास समितिको प्राङ्गणबाट शुरु भएको र्याली चौराहमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभाबाट अध्यक्ष ढकालले टोली सोमबार डडेल्धुरा हुादै मंगलबार दार्चुला पुग्ने र दार्चुलामा मार्चपास तथा वृहत सभा गर्ने जानकारी दिए ।
उनले यो अभियान नेपाली नागरिकलाई जागरण गर्न मात्र रहेको र लिपुलेक सम्झौता खारेज नभए दबाब मुलक अभियान शुरु गर्ने जानकारी दिए ।