युद्ध, साहास र अग्नी

युद्ध, साहास र अग्नी

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

खाना बन्दैछ ! लागेको छ भोग बेस्सरी ! साथीहरु खाना बनाउदैछन् । कोही साथीहरु भने लडाईमा उत्रीएका छन् । कोही साथीहरु भने आर्टिलरी र सपोर्टको लाईनमा उत्रिएका छन् ।

‘लु छिटो–छिटो खाना बनाउनुहोस् !यो गाउँमा सेना छिरेको छ रे फेरी खानै नपाई फाईरिङ सुरु गर्नु पर्ला ! ल कमरेडहरु छिटो गर्नुहोस् ।’

एक जना कमाण्डरले यसो भनी नसक्दै अर्काे सेक्सन कमाण्डर कमरेड अग्निले भने–
‘माथी हाम्रा साथीहरुले शाही सेनाको आक्रमणलाई निस्तेज पार्देछ । ढुक्क भएर खाना पकाउनुहोस् ! हाम्रो पूर्वको जनमूक्ती सेना भन्दा पश्चिमको जनमूक्ति सेना भरपर्दाे लडाई गर्छन् रे किन डराउने ! हामी पनी मर्नको लागि नै हिडेका हौं । उनीहरुले सकेन भने पो हामी जानु पर्छ त ! दुई दिनको भोकले सताईरहेको छ । खाना खाईसकेर जवाफी कार्बाहीमा जानु पर्छ ।’

‘कमरेड ढोनीके तपाईले सवै कमरेडहरुलाई हतियार तयारी अवस्थामा राख्न लगाउनुहोला । रिक्कीमा तीन जना खटाउनु पर्छ । यो रानीवन हो त्यसै पनि खतरा छ । धेरै शाही सेना भएको बस्ती हो । सामन्ती राजतन्त्रले आखा लगाएको क्षेत्र हो यो । दुस्मन लाई कहिले कमजोर सम्झनु हुन्न’ । कमरेड विभत्सले भनेको थियो ।
यसरी २०५९ सालमा ओखलढुङ्गाको रानीवनमा विहानको खाना खान लाग्दा तीन तीरबाट आएको शाही सेनाले हामीलाई घेरा हाली सकेको रैछ ।  हामीमा योजनाबद्ध आक्रमण शुरु भैसकेको थियो । मलाई अचम्म लाग्यो ! मैले पनि सुनेको थिए । पश्चिम आक्रमणमा विजय प्राप्त गरेका जनमूक्ति सेनाहरु पूर्वका भन्दा निकै आटी र साहासी हुन्छन् रे ! त्यो भन्दा बढी युद्ध मोर्चाको अनुभव धेरै बटुलेका पनि हुन्छन् भन्ने लागेको थियो ।
अफसोच,
विल्कुल सोचेभन्दा फरक भै दियो । हाम्रो सेन्ट्री टोली लाई आक्रमण गरी हामी वरीपरी नै दुस्मनहरु आईसकेका रहेछन् । अनि पो झसंग भैयो । समातियो बन्दुक ! बसियो इन्फेन्ट्रीमा ! बढियो अगाडी तर्फ !
चारैतिर आवाज आयो बम र वारुदको ! अनी ठूल ठूला अत्याधुनिक हात हतियारको ! मैले सोचे अनि मलाई लाग्यो । हामी दुस्मनको चार तिरको घेरामा छौं । खाना खानु त कता हो कता ! आ–आफ्नो हतियार बोकेर हामी ठिक–ठिक पोजिसनमा बस्यौं । जवाफी कार्वाही गर्न हाम्रो मोर्चा तल्लीन भएपनि त्यति मजबुद थिएन ।

किनकी,
हामी अचानक दुस्मनको घेराबन्दी भित्रको भिडन्तमा थियौं ।
हाम्रो लडाईको कुनै योजना नै थिएन । तर त्यसो भन्दैमा हामी लड्न डराको भने किमार्थ होईन । बरु मृत्यु रोजिन्छ हार्न जानिन्न । अर्काे त सेना हौ हामी ! त्यो पनि जनमूक्ती सेना ! विचारको सिपाही, आन्दोलनको हिमायती अनि परिवर्तनको सारथी ! त्यै भएर भिमकाय लडाई शुरुभयो हाम्रो………….

ड्याङ्ग÷ड्याङग, चट्टटटटट…… ड्याङ ! आवाज आयो उस्तै गतिलो ! पछाडी फरक्क फर्केर हेरे ! कमरेड अग्नीको तिघ्रामा गोली लागेछ । रगत बग्यो अग्नीको ! अग्नी ढले त्यहिनेर ! हामी अफ्ठेरो ठाउँमा भएकाले जवाफी कार्वाही गर्ने अवस्थै थिएन । फेरी गोलीको बर्षा भयो । अग्नीलाई समात्नु के खोजेको मात्र थिए । गोली लाग्यो अग्नीको छातीमाथी ! अब त अग्नी त्यहि ढल्यो ।
मैले कमरेड शाहासलाई भनेको थिए–
‘अग्नीलाई बोकेर खोला तार्नुस् । म अरु साथीहरुलाई नयाँ लोकेसन दिन्छु ।’
‘ओस्कर किलो ! (ओके)’ शाहासले भनको थियो ।

हरे…….. कमरेड अग्नीलाई बोकेको मात्र के थियो साहासले ! उता शाहासकै पछाडी गोली लागेर साहदत भए विचरा ! कर्तव्य निर्बाह गर्ने क्रममा छोडे शाहासले यो धर्ति ! अग्नीले पहिलेनै साहदत प्राप्त गरिसकेका थिए ।
विहानको ११ मात्र बजेको थियो । कमरेड अग्नी र शाहास यीनै युद्धमोर्चामा शहीद हुनुभयो । मेरो पनि स्थीति खराव भै सकेको थियो । भीरबाट लडेर खुट्टा पटक्कै चल्दैन थियो । अब त यहि दुस्मनको गोलीबाट मर्ने निधो गरिसकेको थिए । र साथीहरुलाई भनेको थिए–

‘तपाईहरु खोला तरेर पारी गाउँमा जानोस् ! मलाई यहि छाडिदिनुहोस् ! हाम्रो क्षेति धेरै होला जस्तो छ । त्यसैले पश्चिमी व्यूरोका साथीहरुसंग भेट गरेर समिक्षा गर्नुहोस ।’

साथीहरुले छोडी गए ! म घस्रदै विस्तारै खेतै खेत लागे ! पारीवाट दुस्मनले देख्यो ! झन मलाई त उठेर हिड्न मन लाग्यो । किनकी घाईते भएर आजीवन बस्नु भन्दा शहीद हुनु नै बेस सम्झिए ! त्यै भएर मर्नकै लागि भएपनि विस्तारै उठेर हिडे ! तर मर्नलाई पनि काल नै आउनु पर्दाे रैछ । किन हो मेरो बाच्ने दिन रहेछ ! मलाई दुस्मनले देखेर पनि गोली प्रहार गरेन ! म विस्तारै–विस्तारै साथीहरु भको तिर लम्कदै गए ! अनि पश्चिम व्यूरोको पापा लिमा साथीहरुलाई भेटे !

‘कमरेड तपाईसंग बाँकी गोलीहरु कति ओटा छन् । अनि अरु साथीहरुसंग बाँकी कति ओटा रहेका छन् सवै हिसाव गरौं । हतियार कति ओटा बरामद भयो । हाम्रो कति दुस्मनले कव्जा गरे ! सबै हिसाव गरेर माथिल्लो गाउँ जानु पर्छ ।’ यसो भन्दै थिए पश्चिम व्यूरोका कमाण्डर कमरेडले !

उनीहरुलाई देख्दै मलाई रिस उठिसकेको थियो । यो शब्दले मलाई सहि सक्नु भएन ! त्यतिबेलै मैले घिन लाग्दो अपशब्द बोले ! जीवनमा कैले पनि यस्तो शब्द बोलेको थिईन । आज बाध्य भएर बोले ! जव हाम्रो साथीहरु शहीद भै रहदा उनिहरु चाहि भागेर ज्यान बचाइरहेको थियो ! अनि यत्तिबेला हामीसंग हतियारहरुको विवरण माग गर्छ । जो प्रति विश्वास गरेका थियौं हामीले ! उनीहरुले नै धोका दिएपछि हाम्रो के नै पो चल्थ्यो र ! आफूले युद्धमा पाएको बोनस जिन्दगीलाई कसरी गाउँसम्म पु¥याउने भन्नेमा चिन्ता लागीरहेको थियो ।

कम्ति त जिउ दुखेको थिएन । दुई दिन जनताको साथमा विताए । अझै खुट्टा चलेको थिएन । त्यै पनि विस्तारै विस्तारै पि एल ए को टोली लाई पच्छ्याउदै गए ।

फेरी युद्धले नयाँ मोड लिई सकेको थियो । हाम्रो नयाँ रणनीतिक बन्दै थियो । कमरेड साथीहरुले राष्ट्र र राष्ट्रियता प्रति अनि निरंकुस सिंगो राजतन्त्रको विरुद्धमा चलाएको शसस्त्र आन्दोलनले धेरै साथीहरुलाई शहीद बनायो । पार्टि के को लागि ? मन मनै प्रश्नको बर्षा हुन्थ्यो । आफै उत्तर खोजिन्थ्यो ।
पार्टि परिवर्तनको लागि ! पार्टि भोका, नाङ्गा र गरीव किसानहरुको जीवनस्तर उकास्नको लागि ! पार्टि

सिंगो राष्ट्रको आर्थिक, सामाजिक, साँस्कृतिक, भौतिक र राजनैतिक परिवर्तनको लागि हो । त्यसैले हामी शहीद हुन तयार छौ ।

श्रम शिविर संचालन गर्नु पर्ने पार्टिको निर्देशन आयो । हाम्रो मोर्चाले जनताको घरमा तिता मिठा बातचित गरी धान रोप्ने, कोदो रोप्ने अनि मकै गोड्ने जस्ता काम गरी सोलुखुम्वु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, उदयपुर, सिन्धुली र रामेछापका जनताहरुलाई सहयोग गर्ने काम भयो । जनताहरुपनि खुसी भए !
अन्ततः हाम्रो काम देखेर जनताहरुपनि मख्ख परे ! माओवादी मान्छे मार्ने मात्र होईन रैछ । आबश्यकता पर्दा जनताको आधारभूत आबश्यकतासँग पनि पौठेजोरी खेल्दा रैछन् । त्यस क्षेत्रको जनताहरुले भन्दै थिए ।

प्रतिक्रियाका लागी :

grjanajati7@gmail.com

facebook. Dhonike chamling

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी