लिपुलेक हत्याउन खोजे भारतकै बिरुद्ध आन्दोलन गर्छौ : प्रकाण्ड

लिपुलेक हत्याउन खोजे भारतकै बिरुद्ध आन्दोलन गर्छौ : प्रकाण्ड

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ ,२५ साउन ।

विप्लब नेतृत्वको नेकपा माओवादिका प्रवत्ता खड्कबहादु्र विश्वकर्मा प्रकाण्डले भारत र चीनबीच भएको लिपुलेक सम्झौता खारेज नगरे जस्तो सुकै आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।

नेपाली भुमिमाथि भारत र चीनले ब्यापारीक नाका बनाउन सम्झौता गर्नु नेपाली राष्ट्रियतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै प्रकाण्डले त्यसको बिरुद्धमा आफुहरु जुन सुक्ै बाटो अपनाउृन तयार रहेको बताउनु भयो ।

माओवादी उपत्यका विशेष व्युरोले आज काठमाण्डौमा निकालेको बिरोध र्यालीलाई संबोधन गर्दै उहाले लिपुलेकलाई जोगाउन सबै नेपालीहरु एक हुन पर्नेमा जोड दिनुभयो ।

प्रकाण्डले भन्नु भयो “लिपुलेक हाम्रो भूमि हो , लिपुकेकभन्दा ५० मिटर परसम्म नेपाली भूमी रहेको छ तर भारतले यदि हाम्रो भूमि हत्याउन खोज्छ भने नेकपा माओवादी उसैका बिरुद्ध आन्दोलन गर्न तयार छ । ”

लिपुलेक नेपाली भुमि भएको र नेपाली भुमिमाथि बिदेशीको ठाडो हस्तक्षेप भईरहदा पनि सरकार मौन बसेको भन्दै यसले नेपालीहरुमा संका उब्जाएको बताउनु भयो । एसडि मुनिले नेपाली भुमि भारतको हो भनि दिएको प्रतिक्रियाको बिरोध गर्दै प्रकाण्डले त्यो सच्याउन माग गर्नु भयो ।

अर्को प्रशंगमा प्रकाण्डले मध्रातमा चार दलले सहमती गरी बनाएकोे ६ प्रदेशको संघियता कुनै हालमा स्वीकार्य नहुने धारणराख्नु भयो । उहाले दलहरुले जारी गर्न लागेको संबिधानले नेपालीका कुनै अधिकार नसमेटेको भन्दै यसले देशमा पुन द्धन्द निम्त्याउने धारणा राख्नुभयो ।

यस्तै , प्रवत्ता प्रकाण्डले नेपालमा भ्रष्टचार ब्याप्त रहेको भन्दै त्यसलाई उन्मुलन गर्न माओवादीले सुरु गरेको अभिनमा नेपाली जनताले पनि साथ सहयोग दिने बताउनु भयो । केहि समय अघिदेखि भ्रष्टचारीमाथि जनकार्वाहि सुरु गरेको भन्दै कालो मोसो दल्ने कार्य गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी