काठमाडौ २५ साउन ।
भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी उपत्यका विशेष व्युरोले आज राजधानीको विभिन्न स्थानबाट विरोध र्याली निकाल्दैछ ।
उपत्यकाको असन, महाबौद्ध, बाघबजार, घण्टाघर लगायतका स्थानबाट दिउँसो १ बजे पार्टी आवद्ध विभिन्न संघ संगठनले विरोध र्याली निकाल्ने तयारी भएको व्युरोले जनाएको छ ।
विद्यार्थी र भक्तपूर जिल्ला कमिटीको बाघ बजारबाट , मजदुर र लालितपूर जिल्ला कमिटीको महाबौद्धबाट, बुद्धिजिवी र सानामोर्चाको असनबाट र काठमाडौ सम्पर्क मन्चको घण्टाघरबाट रयाली सुरु हुने बताइएको छ ।
उपत्यकाको विभिन्न स्थानबाट सुरु भएको रयाली शान्तिबाटिकामा पुगेर एकातृत हुने छ । यस्तै शान्तिबाटिका बाट सुरु भएको एकमुष्ट र्याली कमलादी, पुतलीसडक, पद्मोदय मोड, भद्रकाली हुदै सुन्धारामा पुगेर कोणसभामा परिणत हुने अखिल क्रान्तीकारीका अध्यक्ष सरद रसाइलीले जानकारी दिनुभयो ।
सभाको पार्टी महासचिव विप्लव तथा प्रवक्तf खड्कबहादुर बिश्वकर्मा प्रकाण्ड लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । लिपुलेक सम्झौता राष्ट्रघाती भएको भन्दै नेकपा माओवादीले यसअघि देखि नै विरोध गर्दै आएका छन् ।