काठमाडौ २५ साउन ।
अर्घाखाँचीमा गएराति भूकम्पले चर्किएको घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका वडा न. ५ स्थित वांगला खरीपाटामा स्थानीय रामप्रसाद खत्रीको घर भत्किँदा प्युठान अर्खा २ का प्रशान्त थापाको ९ बर्षिय छोरा तिलक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर भत्किँदा मृतक तिलककी आमा र ६ बर्षिय भाइ घाइते भएका छन् ।
उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युबराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्युठान घर भएका प्रशान्तको परिवार मजदुरीको सिलसिलामा अर्घाखाँचीमा बस्दै आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline