काठमाडौं, २४ साउन ।
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा एमाओवादीका पााच सभासदले फरक मत राखेका छन् ।
सम्वाद समितिको आजको बैठकमा एमाओवादीका महासचिव कृष्णबहादुर महरासहितका पााच सभासदले छ बुाादे फरक राखेका हुन् । हिजो मध्यराति प्रचण्डसहित चार दलका शीर्ष नेताहरुले ६ प्रदेशको सीमांकनमा सहमति गरेका थिए ।
बहुपहिचानका आधारमा गरिएको प्रदेश संरचना सही भएपनि कतिपय जिल्लामा सीमांकन पहिचान र सामाथ्र्यको मान्यता विपरित भएको बताएका छन् ।
बाग्लुङ, म्याग्दी, सल्यान रु रुकुमको मुल पहिचान मगरात भएको भन्दै एमाओवादीका पााच सभासदले यी जिल्लालाई एउटैमा समेटेर प्रदेश नम्बर ५ मा राख्न माग गरेका छन् ।
यस्तै दाङ, बााके, बर्दिया, कैलाली र कञ्चनपुरलाई अलग अलग प्रदेशमा राख्दा थारु पहिचान खण्डित भएको भन्दै माओवादीका पााच सभासदले दाङदेखि कञ्चनपुरसम्मका पाााच जिल्लालाई एउटै प्रदेशमा राख्न र थारु स्वायत्त क्षेत्र व्यवस्था गर्न भनेका छन् ।
डोल्पा, मुगु, हुम्ला र कालिकोटसहित बाजुरा, बझाङ, अछाम र जाजरकोटलाई समेटेर कर्णाली विशेष स्वायत्त क्षेत्र बनाउन माग गरेका छन् । एमाओवादी सभासदहरुको फरक मतमा सबै तहको व्यवस्थापपिकाका कार्यकारी पदमा कम्तिमा एक महिला र एक दलित अनिवार्य हुने व्यवस्था गर्न पनि माग गरेका छन् ।
सम्वाद समितिमा फरक मत राख्नेमा कृष्णबहादुुर महरा, शक्ति बस्नेत, रेखा शर्मा, शिवकुमार मण्डल र योगेन्द्र घिसिङ छन् ।
केही विषयमा अझै केही छलफल गर्न’पर्ने भएकोले अहिले शीर्ष नेता सम्मिलित विशेष समिति बसेर छलफल गरि प्रतिवेदन पारित गर्दै आजै साझ ७ बजे बस्ने संविधानसभामा पेश हुने संवाद समितिका सधापति बाबुराम भट्टराईले बताउनु भयो ।