धनगढी, २४ साउन ।
नयाँ बन्ने संविधानमा ३३ प्रतिशत महिला सहभागितामा दलित महिलाको पनि समानुपातिक प्रतिनिधित्व सुनिश्चितता हुनु पर्ने माग राख्दै आइतबार धनगढीमा संयुक्त दलित संघर्ष समितिले दबाब ¥याली निकालिएको छ ।
उक्त ¥याली ट्राफिक चौकदेखि शुरु भई जिल्ला प्रसाशन कार्यालय पुगि कोणसभामा परिणत भएको थियो । कोण सभामा राजनीतिक पार्टीका महिलाहरु, महिला अधिकारकर्मी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संविधान निर्माण प्रक्रियामा दलित समुदायको लागि पहिलो संविधान सभामा भएका दोस्रो संविधान सभाले स्वामित्व ग्रहण गरिसकेको लगायत दलित समुदायका मुद्धाहरु संविधान प्रारम्भिक मस्यौदामा कटौती भएर आएको वक्ताहरुको भनाई छ ।
देशव्यापी रुपमा आक्रोसित बनेका दलित समुदायहरुको विगतमा सम्झौता भएका सवालहरु नयाँ संविधानमा अनिवार्य रुपमा समाबेश गर्न अडान राखेका थिए ।
आफ्ना सवाललाई समाबेश गर्न साउन २०७२ साउन २५ गते देशव्यापी जुलुस सहित प्रजिअ मार्फत ध्यानाकर्षण गराउने, २६ गते २ घण्टा चक्का जाम सिहत सिटी जुलुस, २७ गते टाउकोमा सेतो कपडा बाँधेर कफन जुलुस, २८ गते राजनीतिक दलका जिल्लाका शिर्ष नेताहरुसंग विशेष अन्तरक्रिया तथा प्रतिबद्धता लगायतको आन्दोलनका चरण रहेको दलित महिला अधिकार मञ्चका संस्थापक अध्यक्ष सावित्रा घिमिरे जानकारी दिईन् ।