साउन, २४ सल्यान ।
नेपाल टेलिकमले टावर स्थापना गरि सेवा सुचारु गर्दा फोन सुविधा हुने भयो भनी खुशि भएका सल्यान बुराँसे आसपासका बासिन्दाहरुलाई चाहिएको बेला फोनले काम नगर्दा त्यो भन्दा ठुलो दुःख थपिएको छ ।
बुराँसेको लसुने लेकमा भएको नेपाल टेलिकमको टावरले सल्यानका कोटमौला, पिपलनेटा, दमाचौर, लेखपोखरा, झिम्पे र रोल्पाका पाखापानी तथा जिनावाङ्गका बासिन्दालाई सुविधाको सट्टा दुविधा दिदा उनिहरु पिरोलिएका हुन ।
टावर बनेपछि लिइएका नमस्तेको टेलिफोनले केहिदिन राम्रो कामगरेपछि स्थानिवासीले धमाधम सिमकार्ड लिई चलाइरहेका थिए ।
जव बनेको एक बर्ष नहुदै टावरमा खरावि आयो अनी स्थानियबासीको जनजिवनमा अप्ठेरो त पार्यो नै अन्य ठाउँबाट फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुनुको सट्टा कि त सम्पर्क हुन सकेन, कि त तपाईले डायल गर्नुभएको नम्बर स्विच अफ गरिएको छ भन्ने आवाज नै बढि सुनियो । यसले स्थानियबासीलाई पिरोलिरह्यो ।
अहिलेपनि विगत १५ दिनभन्दा अगाडिदेखि टावरमा समस्या देखापरेको स्थानियबासीले जनाएका छन । समयसमयमा विग्रीरहेको उक्त टावर १ महिना अगाडि मात्रै मर्मत गरि संचालन गरिएको थियो । मर्मत गरेको १ महिना भित्रै फेरी बन्द हुदा स्थानियवासीले हैरानी खेपेका छन ।
यसबारेमा नेपाल दुर संचार कार्यालय सल्यानमा जानकारी गराउदा मर्मतको काम भैरहेको र केहि दिनमा नै हुन्छ भन्ने जानकारी पाएका स्थानियले अहिलेसम्म टेलिफोनमा कुरा गर्न नपाएकोे जनाएका छन ।
सल्यानको पुर्वी क्षेत्र रोल्पासंग सिमाना जोडिएको बुराँसेमा रहेको टावरमा व्याट्री र पावर सप्लाईमा आएको खरावीले यस्तो समस्या भएको मर्मतका लागि जिम्मेवार रहेको नेपाल टेलिकम दुर संचार कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
दुर संचार कार्यालय तुलसीपुरले बर्षाले बाटो अवरुद्ध हुदा बुराँसे पुग्न नसकेको जनाएको छ । विभिन्न समयमा पुग्दापनि बर्षाले बाटो विगारेकाले जान नसकेको दुरसंचार कार्यालय तुलसीपुरले जनाएकोे हो ।