राप्रपा नेपाल र मधश केन्द्रित दलद्धारा संबाद समिति बैठक बहिस्कार

राप्रपा नेपाल र मधश केन्द्रित दलद्धारा संबाद समिति बैठक बहिस्कार

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौ ,२४ साउन ।
मुख्य दलका शीर्ष नेताहरुबीच सीमांकन सहित ६ प्रदेश बनाउने सहमतिको बिरोध गर्दै राप्रपा नेपाल र मधेस केन्द्रित ४ दलले संवाद समितिको बैठक बहिष्कार गरेका छन् ।

सहमति अनुमोदन गर्न बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक बहिष्कार गरेका हुन् ।

रातारात सहमति गरेर अध्ययन गर्ने मौका पनि नदिइएको र आफूहरुको माग नसमेटिएको भन्दै ती दलले बिरोध गरेका हुन् ।

यस्तै संवाद समितिको बैठकमा कांग्रेसले पनि फरक मत राखेको छ । बागलुङ जिल्ला विभाजन गरिएकोबारे धेरै असन्तुष्टी आएकाले बाग्लुङ टुक्रयाउन नहुने भन्दै फरकमत राखिएको कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले जानकारी दिनुभयो ।

संवाद समितिले सहमति अनुमोदन गरेर संविधानसभामा पेश गर्नेछ । मुख्य दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा सीमाङ्कनसहितको सङ्घीयतामा सहमति भएको हो ।

शनिबार राती प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

शीर्ष नेताले सीमाङ्कनसहितको ६ प्रदेश रहने सहमति गरेका हुन्। प्रदेशको सीमाङ्कनसम्बन्धी नमिलेका वा प्राविधिक विषयमा सुझाव दिन सरकारले एक सङ्घीय आयोग गठन गर्ने र त्यसले प्राविधिक विषय टुङ्गो लगाउने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी