माइक्रो बस दुर्घटनामा हराइरहेकाहरुको खोजी कार्य जारी

माइक्रो बस दुर्घटनामा हराइरहेकाहरुको खोजी कार्य जारी

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,२४ साउन ।
पाल्पाको दोभानस्थित सिद्धबाबामा पहिरोमा परी भएको माइक्रो बस दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी, पाल्पा र बुटवलबाट खटिएका प्राविधिकसहितको टोलीले खोजी जारी राखेको छ।

पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ५७७१ नम्बरको माइक्रो बस दोभान–५ सिद्धबाबामा हिजो दिउँसो पहिरोसँगै तिनाउ नदीमा खसेको थियो । हालसम्म पाल्पा ताहुकी बिद्या श्रेष्ठ, बिष्णु माया श्रेष्ठ र गुल्मी सिर्सेनीका बिष्णुबहादुर थापाको मात्र शव फेला छ ।

दुर्घटनाग्रस्त बस नदीमा हराइरहेकाले उद्धारमा थप कठिनाई भएको प्रहरीले जनाएको छ । पानी मुनी गएर बस खोज्ने कार्य भइरहेको घटनास्थलमा उद्धारमा खटिएका पाल्पाका प्रहरी नायव निरीक्षक तोपबहादुर रानाले जानकारी दिनुभयो । बसमा सवार अन्यले भने हाम फालेर ज्यान जोगाएका थिए ।

लगातारको बर्षासँगै हिलो, लेदो र ढुंगासहितको पहिरो खसिरहेको र नदीमा बाढी आएको कारण उद्धारमा थप कठिनाई भएको हो । पहरोका कारण सडक अवरुद्ध हुँदा सयौं सबारी साधन र यात्रु अलपत्र परेका छन् । डोजर प्रयोग गरी अहिले पहिरो हटाउने कार्य भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी