संबाद समितिको बैठक जारी

संबाद समितिको बैठक जारी

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 21.1K
    SHARES

काठमाण्डौ,२४ साउन ।
संबिधानसभाको बैठक साँझ बस्ने भएको छ । आजै दिउँसो एक बजेका लागि बोलाएको संबिधान सभाको बैठक संवाद समितीको बैठक सिँहदरबारमा जारी रहेकाले साँझ ५ बजे बस्ने भएको हो ।

दलहरुबीच भएको सहमतिको प्रतिवेदन हिजो राति नै सम्वाद समितिमा पेश भइसकेको छ । प्रतिवेदनमाथी बैठकमा छलफल भईरहेको हो ।

गएराती दलहरुबिच ६ प्रदेश रहने गरी सिमाङकनका बिषयमा सहमती भएसंगै संबाद समितीले बनाएको प्रतिबेदन आजको संबिधान सभा बैठकमा पेश हुने कार्यसुची छ ।

बिगत ११ दिन देखी सिमाङकन सहितको प्रदेशका बिषयमा सहमती जुटाउन नसकेका प्रमुख दलले मध्यराती ६ प्रदेश रहने गरी सिमाङन बनाउने सहमती गरेका थिए । दलबिच सहमती नहुदा हिजो संबिधान सभाको बैठक ३ पटक सारीएको थियो ।

यसैबिच प्रमुख दलहरुले सीमांकनसहितको ६ प्रदेशमा सहमति गरेपछि आदीबासी जनजाती र मधेसीहरु आन्दोलनमा उत्रिएका छन । उनीहरु सीमांकनमा असहमति जनाउँदै पहिचानसहितको संघीयता हुनु पर्ने माग गरेका छन ।

सीमांकनलाई लिएर सदभावना पार्टींले संविधानसभा छाड्ने निर्णय गरेको छ । सह अध्यक्ष लक्ष्मण लाल कर्णले संविधानको अन्तिम मस्यौदा आएपछि संविधानसभा छाड्ने निर्णय भएको जानकारी दिनुभयो ।

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ६ प्रदेशको सीमांकन आफूहरुलाई स्विकार्य नहुने भन्दै यसका विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी