बालक बलीका विरुद्ध चार बुँदे परासी घोषणा पत्र जारी

बालक बलीका विरुद्ध चार बुँदे परासी घोषणा पत्र जारी

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

नवलपरासी, २४ साउन।

नवलपरासीका बुद्धीजीवी, अधिकारकर्मी, पत्रकार, व्यवासी र सर्वसाधारणको शनिबार परासीमा सम्पन्न भेलाले बालक बलीका विरुद्ध चार बुँदे परासी घोषणा पत्र जारी गरेको छ ।

मानववादी समाज (सोच) नेपालले आयोजना गरेको “कुरीति, अन्धविश्वास र हिंसा विरुद्ध” को सचेतना गोष्ठिले नवलपरासीको कुडिया गाँऊ विकास समिति वडा नं. ४ मा यहि २०७२ साल साउन ५ गते १० बर्षिय बालक जीवन कोहर (सोनु)को घाँटी रेटेर विभत्स तरिकाले बली दिएको घटनाको घोर भत्सर्ना समेत गरेको छ ।

स्थानीय कोदई हरिजनले आफ्ना छोरा विजय हरिजनको उपचारको क्रममा धामी गंगा हरिजनको सल्लाहमा छिमेकी शिवमंगल कोहाँरका छोरा जीवनलाई बली दिएका थिए ।

सोच नेपालका अध्यक्ष शान्ति गुरुङ्ले विज्ञान र प्रविधिको चरम विकास भई मानवीय विकास उच्च तहमा भईरहेको विश्वव्यापी परिस्थितिको सामु मानिसको बलिदिईनु अत्यन्त निन्दनीय, लज्जास्पद र बर्बर क्रियाकलाप भएको ठहर भेलाले गरेको बताउनुभयो ।

घोषणा पत्रमा भनिएको छ,–“जुनसुकै बहानामा मान्छेको हत्या गरी बलीदिईने जुनसुकै क्रियाकलापको घोर भत्र्सना गर्दछौँ । यस किसिमका घटनाहरु आईन्दा दोहोरिन नदिन आ–आफ्ना क्षेत्रबाट चेतनामुलक कार्यक्रम संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”

त्यस्तै मानव विरुद्ध हत्या र हिंसाको कार्यमा संलग्न हुने जोसुकैलाई पनि कानुन बमोजिम कडा कारबाही गर्ने गराउने कार्यमा आवश्यकता अनुसार थप कानुनको व्यवस्था गर्न दवाव दिने प्रतिबद्धता पनि घोषणा पत्रमा गरिएको छ ।

 

समाजमा मानिसको स्वतन्त्रतालाई खलल् पर्न उव्जाईएका बली प्रथा, बोक्सी प्रथा, दाईजो प्रथा, बालविवाह, बहु विवाह, छुवाछुत प्रथा जस्ता अमानवीय क्रियाकलाप उन्मुख प्रथाहरुलाई हटाउने र दुरुत्साहन गर्ने कार्यमा अघि बढ्ने प्रतिबद्धता पनि उक्त भेलाले गरेको छ ।

 

समाजमा व्याप्त कुरीतिहरुका विरुद्ध जाहेर गरेको यो प्रतिवद्धता राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गरी स्वतन्त्र र समुन्नत मानवीय समाज स्थापना गर्ने प्रतिबद्धता पनि भेलाले जाहेर गरेको सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले जानकारी दिनुभयो ।

मानव मात्रको हित, मान्छेको स्वतन्त्रता स्थापना र कुरीतिजन्य हिंसामुक्त समाज स्थापना गर्न उद्यत सोच नेपाल वैज्ञानिक बिचार तथा प्रणालीमा आधारित भएर समुन्नत् समाजको स्थापना कार्यमा पनि प्रतिबद्धताका साथ अघि बढिरहेको पनि निरौलाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी