संविधान बन्न नदिन षड्यन्त्र भएको ओलीको भनाई

संविधान बन्न नदिन षड्यन्त्र भएको ओलीको भनाई

  • शनिबार, साउन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, २३ साउन। एमाले अध्यक्ष केपी ओलीले संविधान बन्न नदिन षड्यन्त्र भइरहेको बताउनु भएको छ ।

एमालेको केन्द्रीय कार्यालय बल्खुबाट धुम्बाराहीमा सरेपछि गरिएको कार्यक्रममा ओलीले संबिधान बन्न नदिन षड्न्त्र भईरहेको भएपनि त्यसलाई असफल बनाएर चाँडै संविधान जारी गर्ने दाबी गर्नुभयो ।

उहाले संघीय प्रदेशहरुको सीमांकनको विवाद पनि छिट्टै टुंगिने विश्वास व्यक्त गर्दै सबै समुदाय र भूगोलको साझा संविधान बन्नेसमेत बताउनु भयो ।

ओलीले जनचाहना अनुकूल सीमांकनसहितको संविधान आउने विश्वास व्यक्त गर्नुभयो ।

वैशाख १२ गतेको भूकम्पले एमालेको बल्खुस्थित केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि राजधानीको धुम्बाराहीमा सारिएको हो । पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको भवन पाँच वर्षका लागि भाडामा लिइएको एमालेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी