काठमाडौ २३ साउन ।
त्रिभूवन विश्वविद्यालय लगायत मुलुभरका सातवटा विश्वविद्यालयहरुमा आजबाट उपकुलपति पद रिक्त भएको छ ।
उपकुलपतिको चार वर्षे पदावधि पूरा भएपछि उक्त विश्वविद्यालयहरु नेतृत्वविहीन भएका हुन् ।
आजबाट त्रिभुवन, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र कृषि तथा वनविज्ञान विश्वविद्यालय उपकुलपति बिहिन भएका हुन् ।
त्रिभुवन र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति, रेक्टर र रजिस्ट्रार गरी तीन पदाधिकारी र अन्यमा उपकुलपति र रजिस्ट्रारमात्र रहने व्यवस्था छ । विश्वविद्यालयहरुमा अन्य पदाधिकारीको अवधि पनि केही महिनापछि सकिने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline