साउन मसान्तभित्र संविधान आउछ : सभामुख नेम्बाङ

साउन मसान्तभित्र संविधान आउछ : सभामुख नेम्बाङ

  • शनिबार, साउन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, २३ साउन ।
संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले साउन मसान्त भित्र पहिचान र समाबेशीसहितको नयाँ संबिधान जारी हुने बताउनु भएको छ ।

नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)द्वारा आयोजित पुरस्कार वितरण समारोहमा नेम्बाङले आफु साउन मसान्त भित्र संबिधान जारी गर्न लागि परेको बताउनु भयो ।

‘संम्बाद समितीले प्रतिबेदन नबुझाएको कारण केही ढिला भएको बताउनु भयो । संबिधानको प्रकृया छिटो अघि बढाउन दैनिक बैठक बोलाईरहेको बताउँदै सभामुख नेम्बाङले यस पटक पूर्व मेची देखि पश्चिम महाकालीसम्म पुगेर सुझाव संकलन गरेको र अदालत, पत्रकार, महिला दलित, आदिबासी जनजाती सबैकोमा पुगेर सुझाव लिएको बताउनु भयो ।

अध्यक्ष नेम्बाङले सबैको सुझाव समेटिने भएकाले नयाँ संबिधान अहिलेसम्मकै उत्कृष्ट र अग्रगामी हुने धारणा राख्नुभयो । आदिबासी पत्रकारका शन्दर्भमा आफु संवेदनसिल रहेको भन्दै नेम्वाङले नयाँ सम्बिधानले पहिचान र समाबेशीको शुनिश्चितता गर्ने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले समाबेशीसहितको सञ्चार नीति ल्याउन आवश्यक रहेको बताउनु भयो । समाबेशी सम्बन्धि उच्च स्तरीय समितिको प्रतिबेदन छिटो भन्दा छिटो सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने पनि अध्यक्ष विष्टले बताउनु भयो ।

कार्यक्रममा फोनिज अध्यक्ष डण्ड गुरुङले समाबेशी संविधान आजको अपरिहार्यता र समावेशी संचार नीति तत्काल लागु पर्न माग गर्दै पुरस्कृत हुने पत्रकारहरुलाई बधाई दिनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल, महिला महासंघका अध्यक्ष शान्ति जिरेल, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सूचना अधिकृत हितकाजी गुरुङ लगायतले नयाँ संविधान समावेशी र समानुपातिक हुनुपर्नेमा जोड दिनुभयो ।

पुरस्कार ग्रहण गर्दै सन्ध्या टाईम्स दैनिकका सुरेशकिरण मानन्धरले पुरस्कारले आफुहरुलाई थप जिम्मेवार बनाएको बताउनु भयो ।
सभामुख नेम्वाङले पुरस्कृत हुने पत्रकारहरुलाई नगद, सम्मान पत्र तथा खदा लगाईदिएका थिए । फोनिजले दुईवर्षदेखि प्रदान गर्दै आएको आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता (आइभिए) पुरस्कार यसवर्ष जनही १५ हजार रुपैया रहेको थियो ।
पुरस्कृत हुनेहरुमा छापाका सुरेशकिरण मानन्धर सन्ध्या टाईम्स, हिमाल खबरपत्रिकाका देबिका घर्तीमगर, टेलिभिजनतर्फ सगरमाथा टि.भी. का रोजिना लामा तथा एबीसी टेलिभिजनका लोकबहादुर गुरुङरलाला गुरुङ र रेडियोतर्फ इलाम एफ.एफ.का सन्तोष नेम्वाङ र रेडियो जागरण रुपन्देहीबाट कमला चौधरी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी