काठमाडौ २३ साउन ।
आज बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको पराकम्प गएको छ ।
विहान ६ बजेर २४ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि हिजो बिहान ११ बजेर ५७ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।
वैशाख १२ को विनाशकारी भूकम्पपछि लगातार आइरहेको पराकम्प पछिल्लो समय विस्तारै कम हुदै गएपनि अझै रोकिएको भने छैन ।
यो सँगै वैशाख १२ यता हालसम्म ४ रेक्टर भन्दा माथिका करिब ३ सय ७० वटा पराकम्प गइसकेको केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline