फेवातालमा केबलकार बनाउनेबारे बिबाद ,लेखा समितिको देखायो चासो

फेवातालमा केबलकार बनाउनेबारे बिबाद ,लेखा समितिको देखायो चासो

  • शुक्रबार, साउन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ ।

मनकामना दर्शन प्रालिले फेवातालको किनाराबाट पुम्दीभुम्दीको शान्तिस्तुपसम्म केवलकार निर्माणको तयारी गरे सँगै बिबाद बढ्दै गएको छ । पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदाममा रहेको वसुन्धरापार्कमा केबलकारको मुख्य प्रस्थानबिन्दु बनाउन नहुने माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।

सो बिषयमा व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिमा समेत छलफल भएको छ । पोखरामा हरियाली बढाउने उद्देश्यका साथ अधिग्रहण गरिएको कुल १ सय ८ रोपनी जग्गामा केबलकार बनाउन लागेको भन्दै कास्कीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले लेखा समितिको ध्यानाकर्षण गराएका छन् ।

सभासद् तथा स्थानीयवासीले केबलकार बनाउने विषयमा ध्यानाकर्षण गराएपछि त्यसबिषयमा सत्य तथ्य बुझि निर्णय गरिने लेखा समितिका सभापति जनार्दन शर्माले बताउनु भयो ।

समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई सो विषयमा प्रष्ट पारी समितिलाई जानकारी गराउन निर्देशन दिएको छ ।
समितिमा कास्कीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने रवीन्द्र अधिकारी, यज्ञबहादुर थापा, सीता गिरी ओली र कुमार खड्कालगायतले ध्यानाकर्षण गराएका थिए ।

भौतिक पूर्वाधार मन्त्रालयले समितिमा जवाफ पठाएपछि आवश्यक निर्णय लिइने सभापति शर्माको भनाइ छ । मनकामना दर्शन प्रालिले फेवातालको किनाराबाट पुम्दीभुम्दीको शान्तिस्तुपसम्म १ दशमलव ३ किलोमिटर दूरीको केबलकार निर्माणको तयारी गरेको थियो ।

केबलकार निर्माणका लागि केही महिना अगाडि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको १०८ रोपनी क्षेत्रफलको वसुन्धरा पार्क मनकामना दर्शनलाई प्रदान गरेको थियो ।

सार्वजनिक निजी साझेदारी तथा निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) अवधारणाअनुसार २० वर्षपछि कम्पनीले केबलकार सरकारलाई हस्तान्तरण गर्ने सर्तमा मनकामना दर्शन प्रालिले सो जग्गा प्राप्त गरेको हो । करीब रू. एक अर्ब ३० करोड लागतमा केबलकार निर्माण हुने मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी