काठमाडौ २२ साउन ।
गत वैशाख १२ को विनाशकारी भूकम्पपछि ठप्प रहेको रसुवागढी भन्सार नाका अझै खुल्न सकेको छैन ।
उच्चस्तरीय कुटनीतिक पहल नहुँदा उक्त नाका तीन महिनादेखि सन्चालनमा आउन नसकेको हो ।
टिमुरेमा अस्थायी कार्यालय स्थापना गरी कामकाज सन्चालनमा आईसक्दा पनि मित्र राष्ट्र चीनसँग कुटनीतिक पहल नहुँदा भन्सार सञ्चालनमा आउन सकेको छैन ।
भूकम्पपछि आएको सुख्खा पहिरोले ध्वस्त बनाएको रसुवागढी भन्सार कार्यालयका सबै संरचना बिग्रिएपछि काम कारबाही प्रभावित भएका छन् ।
रसुवागढि भन्सार कार्यालयले निकासी पैठारी, अन्तःशुल्क र कर बापत दैनिक २५ देखि ३० लाख रुपैयाँ सम्म राजश्व संकलन गर्दै आएको थियो । उतm कार्यालय सुनसान रहँदा तीन महिना यता करोडौंको राजश्व गुमेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline