पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • शुक्रबार, साउन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

काठमाडौ २२ साउन ।  लगातारको वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

लोकमार्ग अन्तरगत सिन्धुलीको हैबारमा पहिरो खस्ने क्रम नरोकिएपछि यातायात सेवा अबरुद्ध भएको हो ।

राजमार्ग अबरुद्ध भएपछि सिन्धुलीको पूर्वी क्षेत्रसहित खोटाङ्, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, रामेछाप लगायतका जिल्लामा यातायात सेवा प्रभावित भएको छ । आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

साउन साउन २० गते रातीदेखि खस्न सुरुभएको पहिरो अहिले सम्म नरोकिएपछि राजमार्ग खुलाउन समस्या भएको ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले जनाएको छ ।
काठमाडौंबाट पूर्वतर्फ छुटेका गाडीलाई खुर्कोटमा र पूर्वबाट काठमाडौं छुटेका गाडीलाई सिन्धुलीकै ग्वाल्टारमा रोकेर राखेको ईलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी नायब निरीक्षक राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

मौसममा सुधार आई पहिरो खस्न रोकिएपछि मात्रै राजमार्ग खुलाउन प्रयास थालिने उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी