नेपाली राष्ट्रियता र नयाा सविधान

नेपाली राष्ट्रियता र नयाा सविधान

  • बिहिबार, साउन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

विगतको अढाई सय दशकमा नेपालमा ठूला परिवर्तनहरु भएका छन् । खास गरी राजनीतिक प्रणालीमा भएका परिवर्तनसंगै विभिन्न सामाजिक, आर्थिक, सांस्कृतिक, शेैक्षिक क्षेत्रमा पनि काफी परिवर्तन भएको महसुुश गर्न सकिन्छ । परिवर्तनको यो क्रममा नेपाली राष्ट्रियता र राष्ट्रिय पहिचान पनि अछुटो रहेन । हिजो अस्ति सम्म राष्ट्रियता भनेको राष्ट्रिय पहिचान हो भनेर घोकाएर आएको थियो ।सो आज विवादित भएको छ र नयाा ठोस नभईसकेको वर्तमान परिप्रक्ष्यमा एक खालको अन्यौल र असहज परिस्थिति सिर्जना भएको छ । सोही अन्यौलतालाई नेपालको सामाजिक क्षेत्रमा विद्यमान रहेको विभिन्न संयन्त्र संरचना मार्फत कुनै न कुनै बहानामा नेपाली राष्ट्रिता बारे बहस छलफल भईरहेको छ । तथापि त्यो नै काफि छैन । नेपाली राष्ट्रियता बारे नेपाली जनता माझ गहन छलफलको आवश्यकता खड्किएको छ ।

राजनीतिक रुपमा राष्ट्रियता शब्द नेपाली राजनीतिमा धेरै खर्चिएको पाईन्छ । के हो राष्ट्रियता ? केही खास/निश्चित जाति विशेषले आफुलाई देश भक्त थान्ने र अरुको देश भक्तिमाथि औंला ठड्याउने, मातृभाषा र भूमि प्रतिको अपनत्व खोज्दा विखण्डन थान्ने, खास थरको हुादैमा उनिहरु राष्ट्र प्रति जिम्मेवार भैहाल्ने, कुनै खास थरलाई राष्ट्र प्रति बेमानिको संज्ञा मान्ने, एउटा भाषिक उत्पतिकै कारण राष्ट्र प्रति बफादार भएको महसुश गर्ने, अर्को भाषिलाई बिद्रोही दृष्टिले हेर्ने मानसिकता यहाा छ । किन एउटा खास साास्कृतिक समूहका देश भक्ति एवं राष्ट्र प्रतिको जिम्मेवारी माथि संका गरिन्छ ? देशको विविध खाले उत्पिडनको धरातलबाट उठेका विविध संघर्ष (आदिवासी बिद्रोह, मधेश बिद्रोह, थरुहट संघर्ष, मुस्लिम संघर्ष, महिला आन्दोलन) को चरणबद्ध संघर्षले नेपाली राष्ट्रियतालाई पुन: परिभाषित गर्नु पर्ने परिस्थिति सिर्जना गरायो । राज्यको मूलधारसाग जोडिन पहिचानका साथै मूल पहिचानको समेत माग गरायो । यी संघर्षले उत्पिडनमा परेका आम नेपाली जनता सम्मानपूर्वक बााच्न पाउने र चिनाउन पाउने स्वाभिमानी नेपाली नागरिकको हकको समेत दाबी गरेको छ । यि यावत ऐतिहासिक संघर्षले “नेपाली” हुनलाई साास्कृतिक नेपाली भएर जन्मिनु पर्ने वा कृत्रिम रुपमा भए पनि बन्नै पर्ने बाध्यताको समाप्त भएको छ । अब कसैले पनि म नेपाली हुा भन्ने सावित गरिरहनु नपर्ला ।

अहिले पनि नेपालका केही गाउाहरुमा नेपाल नामले काठमाण्डौं उपत्यकालाई बुझ्दछन् । त्यसो हुनु स्वभाविक हो । हजारौं वर्ष देखि नेपालको परिचय काठमाण्डौंले मात्र बोकेको थियो । पृथ्वी नारायणको एकिकरणको विजय अभियान एवं राणाहरुको सैनिकीकरण पछि “नेपाल” दरबारको प्रयायवाची थियो, राष्ट्रको समग्र पहिचान थिएन । यद्यपि यो संस्कार हाल पनि कायमै छ । तराईमा बस्ने पहाडिया समुदायले नेपाली भनेर अन्यलाई हाच्याउनु भन्दा पनि काठमाण्डौंको सत्तासाग साास्कृतिक सम्बन्ध स्थापित गर्ने प्रयास मात्रै हो । यस प्रकार यो पनि हिन्ताकै अभिव्यक्ति हो जसलाई महानताको आवरण भित्र लुकाउन खोजिएको छ । यसरी राष्ट्रियताकै कुरा गर्दै जाादा भूगोल यर्थाथ हो, ईतिहास व्याख्या र विश्वास हो तर भौगोलिक सिमाहरु कहिल्यै हेरफेर हुन सकिने प्राकृतिक रचना होईन । आज भन्दा ६०/७० वर्ष पहिले भारत वर्ष भित्र झन्दै ६०० राज्यहरु थिए । सन् १९७१ पहिले बङ्गलादेश थिएन । सुगौली सन्धी अगाडि नेपालको नक्सा फरक थियो । जङ्ग बहादुर राणाले सन् १८५७ मा नयाा मूलुक (कञ्चनपुर, कैलाली, बााके र बर्दिया) बक्सिस पाएपछि अर्कै भयो, जुन त्यस भन्दा ६०/७० वर्ष अगाडि राजा पृथ्वी नारायण शाहले कल्पना समेत गर्न नसक्ने अवस्था थियो । आज भोलिको कुरा गर्दा सुदुर नेपालको पहाडी भूमि लिपु लेक लगायतका सीमा क्षेत्रहरुलाई छिमेकीहरुले सुनियोजित रुपमा नेपालबाट छुट्याउने प्रयासमा छन् । जुन सीमानामा देखिएको ज्याददी प्रमाणित गर्दछ । यस विषयमा सत्ताधारी नेतृत्व खै किन हो तै चुप मै चुप को अवस्था छ ।

राष्ट्रियताको कुरा गर्दै जाादा नेपाली राष्ट्रियता सम्बन्धी एक कार्यक्रम बीच वरिष्ठ लेखक, विश्लेषक खगेन्द्र संग्रौलाको अनुभव चााख लाग्दो उदाहरणको रुपमा लिन सकिन्छ । उहााका अनुसार एक कार्यक्रम बीच बसह छलफलको क्रममा १/२ जना विद्धान सहभागिहरुको कथन थिए–“दौरा सुरुवाल रहे नेपालको पहिचान रहन्छ नरहे नाश हुन्छ” त्यस्तै “मधेशी राष्ट्रपति डा. रामवरण यादव दौरा सुरुवाल लगाउन हुने बााकी मधेशीहरुले चाईने किन लगाउन नहुने ?” भन्ने सन्दर्भमा गम्भिर मुद्रामा संग्रौला निवेदन गरे–“मधेश तराईका बासिन्दा माथि दौरा सुरुवाल थोपरेर के तिनलाई सेकुवा बनाउन खोजिएको हो ?” उनी फेरी भने–“दौरा सुरुवाल धारी मात्र राष्ट्रवादी तत्व हुने भए अन्य हामी सबै के हौ ? अराष्ट्रिय तत्व ?” संग्रौलाको तर्कको लहरो तन्कियो– “स्थान विषेशको पोशाकको प्रकृति त्यहााको हावापानीले निर्धारण गर्छ । प्रमाणका रुपमा अति जाडो हुने हिमाली भेगमा बखु, डोचा, भुवादार टोपी ठीक्क जाडो हुने पहाडि भेगका भोटो सुरुवाल वा दौरा सुरुवा, भोटो कछाड र उखरमाउलो गर्मी हुने तराई भेगमा पातला र खुकुला धोटी कुर्ता आदी हामी सामु छन् । पोशाक धारण गर्ने र जाडो गर्मीबाट मात्र जोगिने साधन मात्र नभई पहिचानको सुचक संस्कृतिको अवयव पनि हो । जसले जे लगाउाछ, उसलाई त्यही सजिलो लाग्छ र त्यही मन पर्छ । कुनै पनि पोशाक निरपेक्ष रुपले उत्तम हुादैन । सबै पोशाक आ–आफ्नो ठाउामा उत्तम हुन्छन् । तिनको इज्जत र गौरब हुन्छ । तसर्थ, बहुभेषयुक्त नेपालमा कुनै एउटा पोशाक अन्य पोशाक धारी माथि थोपर्नु विविधताको सम्मान गर्नु हो की ? विविधताको मोहर लिनु हो ? यो मेलमिलापको धोतक हो की ? द्वन्दका लागि जोरी खोजाई हो ?” यसमा थप्दै संग्रौला भन्छन्– “दौरा सुरुवाल लगाउनु नै राष्ट्रवादी हो भने लगभग ३ करोड जनसंख्या भएको समकालिन नेपालका राष्ट्रवादीहरुलाई औंलामा गन्न सकिन्छ । यी बिरल मानव दुई थरीका छन, सदाबहार राष्ट्रवादी, र पदिय राष्ट्रवादी । पूर्व महापञ्च स्व. सूर्य बहादुर थापा सादाबहार राष्ट्रवादी थिए र शेर बहादुर देउबा करिबन सदाबहार राष्ट्रवादी । रामवरण यादव, माधव कुमार नेपाल र झलनाथ खनाल पदिय राष्ट्रवादी हुन । यि मानव पद पाए दौरा सुरुवा धारण गर्छन, नपाए सट पाईन्ट वा धोटी कुर्ता हल्लाउाछन् । ल भैगो दौरा सुरुवाल मार्गी यी इनेगिनेका माहामहिमहरु राष्ट्रवादी र देश भक्त नै रहेछन रे लौ ! हिमाल, पहाड र तराईका बााकी जनहरु ? के बााकी जनहरु अनेपाली हुन ? के बााकी जनहरु अदेशभक्त हुन ? के दौरा सुरुवाल इतरका सबै पोशाक अराष्ट्रिय हुन ?” तसर्थ सम्पूण नेपाली नागरिकहरु बुझ्न र यस बारे चिन्तन गर्न जरुरी देखिन्छ ।
विगत एक महिना देखि नेपालका चार राजनीतिक दलले आफ्नो दलगत फरक मत सहितको सोह्र बुादे सहमति संगै संविधानको मस्यौदा जनता सामु ल्याउने नौतंकी गरियो । नागरिक सम्बन्ध तथा सुझाव समितिले विभिन्न सदरमुकाम तथा सुविधा युक्त क्षेत्रमा करोडौं ढुकुटी खर्च गरी गरिएको सुझाव संकलनमा बहुसंख्यक नेपाली जनता सुझाव कार्यक्रममा अनुपस्थित भई बहिस्कार गरेको कुरा सावित गरिदिएका छन् । फेरी पनि केही टाथाबाथाले भने सुनियोजित रुपमा झुन्ड बनाई नेपाललाई हिन्दू राज्य बनाईनु पर्ने, सकभर संघियता नहोस यदि भई हाले पुरानै महेन्द्रमूखी पााच विकास क्षेत्र नै कायम होस भन्ने मनसायले नौटंकीका बाफजुट सुझाव संकलन प्रक्रिया सम्पन्न गरियो । उता आदिवासी र मधेशी सम्बद्धहरु यसको घोर निन्दा गरेका छन् । यसरी विचार गरौ देशमा फेरी विज्ञापनमा प्रयोग हुने अतिशयोक्ति जस्तो विषेशण मात्र वा रुपान्तरणको प्रारुप सहितको प्रस्तावना नयाा, उन्नत, विशिष्ट (ल्भध, क्ष्mउचयखभम, क्उभअष्ब)ि जस्ता विशेषण झुन्ड्याएर नयाा सिसिमा पुरानो रक्सी जस्तो वितृष्णा जगाउने गरी प्रयोग भईरहेको नयाा संविधान अभिव्यक्त प्रयोगले पुरानो संविधान सभा र अन्तरिम संविधानको सबल पक्षलाई समेत ओझेलमा परिदिएको छ ।

तसर्थ ईतिहास खोटल्दै जाादा नेपालमा अहिले सम्म पनि एक जाति, एक भाषा, एक धर्म, एक लिङ्ग, एक क्षेत्रले साशन चलाउादै आएको तितो अनुभव घाम झै छर्लङ्ग छ । राज्यको मूलधारमा उत्पिडित वर्ग अटाउन सकेको अवस्था छैन । नयाा संविधानमा पनि यी वर्गको हक सुश्निस्चित हुन्छ , हुदैन ? विश्वस्त आधार देखिदैन । त्यसमा पनि देशव्यापी रुपमा धार्मिक अहंकारवादले हिन्दू राज्य कायम हुनु पर्छ भनेर सडक तताउादै आएको छ । विश्वका केही देशहरु बाईबल र कुरानको कसम खान्छन भन्दैमा नेपालमा गिता, बेदको कसम खानै पर्ने बाध्यताको मार्ग पहिल्याउनु भनेको फेरी पनि नेपाललाई अधाई सय वर्ष अघिको परिवेशमा धकेल्न खोजिएको आभाष हुन थालेको छ । स्वतन्त्र देश नेपालमा धार्मिक सिन्धीकेट लगाउने प्रयास जसरी गरिदै छ, यो समयको माग भने पक्कै होईन । नेपालको ईतिहासको पाना पल्टाउादै जाादा पृथ्वी नारायणको नेपाल एकिकरण पश्चातत्यतिबेलाका शासकहरुले देश र जनतालाई जबरजस्त हिन्दू धर्म मान्नुपर्ने बाध्यता गरिएको हो भन्ने काफी प्रमाणहरु अहिले पनि भेट्न सकिन्छ । तर यसो भन्दै गर्दा सम्पूर्ण नेपाली आफ्नो धर्म, आस्था र पहिचान त्यागेर बाईबल, कुरानको शरणमा जानु पर्छ भनेको चाहि पक्कै होईन । मात्र भन्न खोजिएको के हो भने व्यक्तिको सकारात्मक स्वतन्त्रता माथि धार्मिक साप्रदायिक रुपमा धावा बोल्नु दिर्घकालिन शान्तिको बरखिलाप हो भन्न सकिन्छ । तसर्थ नेपालको एकात्मक निरंकुश प्रवृतिको राज्य व्यवस्थालाई, विद्यमान जातिय, वर्गिय, लिङ्गिय, क्षेत्रीय विभेद, उत्पिडनलाई समुल नष्ट गरी राज्यको अग्रगामी पूर्नसंरचना र सम्पूर्ण नेपालीहरुलाई राज्यको मूलधारमा समानुपातिक समावेशीको सुनिश्चतता सहितको नयाा नेपालको स्पष्ट आकृति देखिने नयाा संविधान बने मात्र नेपालमा दिर्घकालिन शान्ति स्थापना भई देश विकास कार्य अग्रगति तिर बढ्न सम्भव छ र आम नेपाली जनता अमन चयनका साथ जीवन जिउन सम्भव देखिन्छ ।
ईमेल : lkmadhukar@gmail.com

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी