बालकलाई विष खुवाएर हत्याको प्रयास गर्ने महिला पक्राउ

बालकलाई विष खुवाएर हत्याको प्रयास गर्ने महिला पक्राउ

  • बिहिबार, साउन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,२१ साउन ।

प्रहरी कार्यालय कञ्चनपुरले पाँच महिने छोरालाई विष खुवाएर हत्या गर्न खोज्ने महिलालाई सार्वजनिक गरेको छ ।कञ्चनपुरको बेल्डाँडीकी जानकी शाहका ५ महिने बालकलाई विष खुवाउने २० वर्षीया समिरा शाहलाई प्रहरीले सार्वजनिक गरेको हो ।

शनिबार समिराले आफ्नै सहोदर जेठानीका छोरालाई दूधमा विष हालेर खुवाएको स्बीकार गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक किशोरकुमार दाहालले जानकारी दिनुभयो ।

उनले घरायसी विवादका कारण बिष खुवाउको प्रहरी समक्ष बयान दिएकी छन । बालकको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि भारत पठाइएको थियो । समिराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी