काठमाण्डौ,२१ साउन ।
सुनसरीमा एक सात बर्षिया बालिका बलात्कृत भएकी छन । सुनसरीको विजयपुरकी सात बर्षिया बलिकालाई स्थानिय १९ बर्षीय केशव गिरीले आफ्नै घरमा नियन्त्रणमा लिएर पटक–पटक बलात्कार गरेको पीडित बालिकाका आफन्तले बताएका छन ।
परिवारको जानकारी पछि प्रहरीले केशव गिरीलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । अभियुक्तले बलात्कार गरेको स्विकार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पीडित बालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । गिरी विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline