पहाडमा चार र मधेसमा दुई गरी ६ प्रदेशमा सहमति जुटाउन प्रमुख दलहरु अन्तिम गृहकार्यमा

पहाडमा चार र मधेसमा दुई गरी ६ प्रदेशमा सहमति जुटाउन प्रमुख दलहरु अन्तिम गृहकार्यमा

  • बिहिबार, साउन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ, २१ साउन ।

नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव अनुसार परिमार्जनको गृहकार्यमा जुटेका प्रमुख दलहरुले पहाडमा चार र तराई–मधेसमा दुई गरी ६ प्रदेशमा सहमति जुटाउन अन्तिम गृहकार्य गरीरहेका छन ।

स्रोतले दिएको जानकारी अनुसार, मधेसलाई पहाडसँग नजोडी प्रदेश निर्माण गर्न समेत प्रमुख दलहरुबिच सैद्धान्तिक सहमति भएको छ । सप्तरीलाई पूर्वी पहाडी जिल्लासँगै राख्ने वा मधेस प्रदेशमै राख्ने भन्ने मुख्य बिषयमा सहमति जुट्न बाँकी रहेको बैठकमा सहभागी एक नेताले जनाएका छन ।

दलहरुले मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहालाई पहाडी क्षेत्रमा नजोडेर प्रदेश बनाउने तयारी गरेका हुन् । त्यस्तै, नवलपरासीदेखि बर्दियासम्म अलग प्रदेश बनाउँदा समेत पहाडी भूभागसँग नजोडिने सम्भावना छ ।

नेकपा एमाले भने मधेसका प्रदेशलाई पहाडसँग नजोड्ने बिषयमा सहमत छैन । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सप्तरीलाई पनि पूर्वी प्रदेशमा राख्नुपर्ने अडान लिइरहनुभएको छ । कांग्रेस बरिष्ठ नेता शेर बहादुर देउवा र एमाले उपाध्यक्ष रावलले कैलाली र कञ्चनपुरलाई समेट्ने विषयमा लविङ गरिरहनु भएको छ ।

स्रोतका अनुसार, पूर्वी पहाडीमा सप्तरीलाई राख्ने वा नराख्ने, कैलालीलाई मधेसमा राख्ने वा नराख्ने लगायत बिषयमा निष्कर्षमा पुग्न नसक्दा सहमतिले अन्तिम रुप पाउन नसकेको हो । दलहरुले प्रस्तावित प्रदेश र जिल्ला संरचना गोप्य नै राखेका छन ।

आज अपरान्हसम्म सहमति बन्ने आधार तयार भएको स्रोतले बताएको छ । सहमति भएमा आजै संवाद समितिको बैठक बोलाइने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी